मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
बिश्वमा सफल नेपाली   

नेपाली कमेडियनहरुको कमेडी यात्राः अब हाँस्छ अमेरिकाको अर्को श्रृङ्खला ड्यालसमा

नेपाली कमेडियनहरुको कमेडी यात्राः अब हाँस्छ अमेरिकाको अर्को श्रृङ्खला ड्यालसमा


ड्यालस (टेक्सस)-  ‘अब हाँस्छ अमेरिका’ कमेडी यात्रा अन्तर्गत यो सप्ताहन्तमा टेक्ससमा धेरै नेपालीहरु बस्ने शहरहरु ह्युस्टन र ड्यालसका नेपालीहरुलाई हँसाउने कार्यक्रम निश्चित भइसकेको छ। करिब एक महिना लामो कमेडी यात्राको श्रृङ्खला अन्तर्गत आगामी शुक्रवार फेब्रुअरी २ का दिन ह्युस्टनमा ‘अब हाँस्छ ह्युस्टन’ आयोजना हुँदैछ भने भोलीपल्ट शनिवार फेब्रुअरी ३ मा ड्यालसस्थित SLPS Community Center, 1910 N Britain Road, Irving, TX 75061 मा ‘अब हाँस्छ ड्यालस’ हुँदैछ।

कमेडी यात्राको ड्यालस सो का स्थानीय आयोजक कविन्द्र सिंहका अनुसार ड्यालस-फोर्टवर्थका नेपालीहरुलाई हँसाउने नेपाली कमेडियनहरुको टोलीमा स्ट्याण्डअप कमेडी र टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’बाट प्रसिद्धि कमाएका हास्य कलाकारहरुको संलग्नता रहेको छ।

Advertisement

आठ जनाको टोलीमा गत वर्षका कमेडी च्याम्पियन भरतमणी पौडेल सहित स्ट्याण्डअप कमेडीका चर्चित कलाकार सन्दिप क्षेत्री, विष्णुप्रसाद (मेक्सम) गौडेल, सुमन कोइराला (दले दाइ), सुमन कार्की, कैलाश कार्की, सन्तोष थापा र सजन श्रेष्ठ रहेकाछन्।

‘अमेरिका हाँस्छ- कमेडी सो’को अमेरिकाका विभिन्न सहरमा हुने कार्यक्रमको आयोजक ट्राभल एजेन्सी व्यवसायी विनोद अधिकारी हुन्।

शेयर गर्नुहोस:

2k
Shares