मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
प्रेस विज्ञप्ती / सूचना पाटी   

अब हाँस्छ ह्युस्टनः नेपाली कमेडियनको कमेडी यात्रा

अब हाँस्छ ह्युस्टनः नेपाली कमेडियनको कमेडी यात्रा


‘अब हाँस्छ अमेरिका’ नाम दिइएको करिब एक महिना लामो कमेडी यात्राको श्रृङ्खला अन्तर्गत यही शुक्रवार फेब्रुअरी २ का दिन ह्युस्टनमा ‘अब हाँस्छ ह्युस्टन’ आयोजना हुन लागेको छ।

स्ट्याण्डअप कमेडी र टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’बाट ख्याति कमाएका हास्य कलाकारहरुको टोली सम्मिलित कमेडी यात्राको स्थानीय आयोजक मध्येका एक द्रोण गौतमका अनुसार ह्युस्टनका नेपालीहरुलाई हँसाउने आठ जनाको टोलीमा गत वर्षका कमेडी च्याम्पियन भरतमणी पौडेल सहित स्ट्याण्डअप कमेडीका चर्चित कलाकार सन्दिप क्षेत्री, विष्णुप्रसाद (मेक्सम) गौडेल, सुमन कोइराला (दले दाइ), सुमन कार्की, कैलाश कार्की, सन्तोष थापा र सजन श्रेष्ठ रहेकाछन्।

गौतमका अनुसार कार्यक्रम हिलक्रफ्ट नजिकै रहेको Morris Cultural Arts Center मा शुक्रवार ६.३० बजे शुरु हुनेछ। ‘अमेरिका हाँस्छ- कमेडी सो’को अमेरिकाका विभिन्न सहरमा हुने कार्यक्रमको आयोजक ट्राभल एजेन्सी व्यवसायी विनोद अधिकारी हुन् भने ह्युस्टनको ‘कमेडी सो’को स्थानीय आयोजना द्रोण गौतम, डा. विष्णु नेपाल, अनिल पौडेल, निरन्जन शर्मा र प्रकाश कँडेलले गरेका हुन्।

नेपाली चर्चित हाँस्य कलाकारहरुको उत्कृष्ट प्रदर्शन प्रत्यक्ष ह्रेर्ने र कालाकारहरुसंग भेट्ने अवसर नछुटाउन आयोजकहरुले ह्युस्टनका नेपालीहरुलाई अनुरोध गरेकाछन्। कार्यक्रममा ४०, ६०, ८० र १०० डलरको टिकट व्यवस्था गरिएको आयोजकहरुले जनाएकाछन्।