मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

अमेरिकामा व्याजदर घट्दै

अमेरिकामा व्याजदर घट्दै

घर किन्ने योजनामा रहेकालाई केही राहत पुग्ने


तस्बिर: सामाजिक संजाल

अमेरिका- अमेरिकामा घन किन्न चाहनेका लागि केही राहत हुने भएको छ । बैंकको व्याजदर यो साता पनि केही तल झरेको छ । विगत ९ साता देखि बैंकको व्याजदर तल झरिररहेको छ । अगष्ट मध्ये देखि व्याजदर तल झर्न शुरु गरेको थियो । अर्थ बजार विश्लेषकहरुले आउने बर्ष यो अझ तल झर्न सक्ने विश्लेषण गरेका छन् ।

घर किनवेच कर्जामा संलग्न वित्तीय संस्था फ्रडी म्याकले विहिवार सार्वजनिक गरेको तथ्यांक अनुसार डिसेम्बरको पहिलो साता ३० बर्षे ऋणको औषत व्याजदर ७ प्रतिशत भन्दा तल झरेको थियो । यो साता यो व्याजदर ६ दशमलव ६१ प्रतिशतमा आएको छ । एक बर्ष अघि ३० बर्षे ऋणको औषत व्यादर ६ दशमलव ४२ प्रतिशत थियो ।

व्याजदर उच्च हुदां घर किन्न, ऋण लिएर व्यवसाय गर्न महंगो पर्दै आएको थियो । ३ बर्ष अघि ऋणको व्याजदर करिव ३ प्रतिशतको हाराहारीमा थियो ।

यदी कसैले ३ लाख अमेरिकी डलर ऋण लिदां ७ प्रतिशत व्याजदर छ भने बर्षको २१ हजार व्याजमात्र तिर्नु पर्छ । तर, व्याजदर ३ प्रतिशत छ भने जम्मा १२ हजार व्याज तिरे पुग्छ । सात प्रतिशतमा कर्जा लिदां मासिक मार्गेग अर्थात किस्तामा अत्याधिक बृद्धि भएको थियो ।

अमेरिकामा उपभोग्य बस्तुको महंगी अत्याधिक बढेपछि यहांको कन्द्रिय बैंक फेडरल रिर्जभले आफ्नो समर्थन व्याजदर पटक पटक वढाएको थियो । अहिले मूल्य बृद्धिदर केही मथ्थर भएको छ । यसैले अव व्याजदर वढाउने होइन घटाउने दवाव फेडरल रिर्जभ माथि छ । आउने बर्ष व्याजदर घट्न सक्ने अनुमान धेरैको छ ।

अमेरिकामा नेपाली समुदायको बृद्धि संगै घर किन्नेहरु पनि वढेका छन् । भाडामा बस्नु भन्दा घर किन्दा फाइदा हुने अनुमानमा धेरै नेपालीले घरमा लगानी गर्दै आएका छन् ।

अमेरिकामा अहिले आम्दानीको तुलनामा घरको मूल्य निकै उच्च रहेको छ । आम्दानी र घर क्रय क्षमता विचको अन्तर धेरै भएकाले यो समय घर किन्नलाई कठिन भएको विश्लोषण बजार विज्ञहरुको छ । तर, भाडामा वस्दा पनि महंगो भएकाले घर किन्ने चाहनेहरु छन् । आम्दानीले नभ्याउने हुदां धेरैले अहिले घर किन्ने योजना पछि पनि सारेका छन् ।

व्याजदर घटेपनि घरको मूल्य भने तल झरिसकेको छैन । घरको आपूर्ति मात्र भन्दा कम भएकाले मूल्य नघटेको विश्लेषण छ । व्याजदर घट्न थालेकाले घर विल्र्डरहरु नयां प्रोजेक्ट शुरु गर्न थालेका छन् । यो पनि घर किन्ने योजनामा रहेकाका लागि भने गुड न्यूज हो ।

अमेरिकामा बस्न मात्र होइन कयौंले घरमा लगानीका रुपमा पनि पैसा लगाउंछन् ।