मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कला   
बोस्टन   

प्रकाश सपूत आउने भनिएको जिबिएनसिको ‘आर्थिक सहयोग संकलन’ कार्यक्रम स्थगित

प्रकाश सपूत आउने भनिएको जिबिएनसिको ‘आर्थिक सहयोग संकलन’ कार्यक्रम स्थगित


मेरिकाको बोस्टनस्थित नेपाली समुदायको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि)द्वारा आयोजना गरिएको ‘आर्थिक सहयोग संकलन’ कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ। भूकम्पले मातृभूमि नेपाल असहज परिस्थितिबाट गुज्रिरहेको कारण देखाउदै कार्यक्रम स्थगित गरिएको जनाएको छ। संस्थाका विविध गतिविधिहरु सञ्चालन गर्न आवशयक पर्ने आर्थिक पाटोलाई मजबुत बनाउन, आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्यले सांगीतिक क्रियाकलापहरुसहितको कार्यक्रम गर्ने गरी तयारी गरिएको थियो।

चर्चित गायक ‘प्रकाश सपूत’ विशेष आकर्षणका रुपमा रहेको कार्यक्रम, नोभेम्बर १० तारिख शुक्रबार साँझ 594 Washington St, Braintree, MA-02184 स्थित नेपाली समुदायको सामुदायिक भवन (पशुपतिनाथ बुद्ध मन्दिर) मा हुने गरी तय भएको थियो। गत नोभेम्बर ९ तारिख बिहिवार बसेको संस्थाको कार्यसमितिको आकस्मिक बैठले यस्तो निर्णय गरेको हो। बैठकले गरेको निर्णयलाई प्रेस विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभसम्मका लागि कार्यक्रम स्थगित गरिएको संस्थाले जनाएको छ। बैठकले पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इंग्ल्याण्ड (PABFONE) ले सोही स्थानमा नोभम्बर १३ तारिख सोमवारका दिन आयोजना गरेको सोही प्रकृतिको देउसी भैलो कार्यक्रमप्रति एकबद्धता जनाउनेसमेत निर्णय गरेको छ। जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘देश(मातृभूमि)को असहज परिस्थिति तथा हाम्रो आस्थाको केन्द्र पशुपतिनाथ बुद्ध मन्दिरद्वारा आयोजना गर्न लागिएको सोही प्रकृतिको देउसी भैलो कार्यक्रमप्रति एकबद्धता जनाउदै अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहान्छौं।’

संस्थाले कार्यक्रम स्थगन गर्ने निर्णयका कारण पर्न गएको असुविधाप्रति क्षमा माग्दै प्रवेश शुल्क बापत लिइएको रकम फिर्ता गर्ने जनाएको छ। जारी विज्ञप्तिमा भनिएको छ, ‘ हाम्रो यस निर्णयबाट हाम्रो शुभचिन्तकहरु जस जसले कार्यक्रमको सफलताको लागि शुल्क दिनु भएको थियो, उहाँहरुप्रति पर्न गएको असुविधाप्रति हामी सम्पूर्ण GBNC परिवार क्षमा माग्दछौं। प्रवेश शुल्क हजुरहरुलाई फिर्ता गर्ने जानकारी पनि गराउदछौं।’

आगामी दिनहरुमा नेपाल र नेपाली समुदायको हितका लागि स्थापित सबै संघ संस्थाहरुसंग जुनसुकै परिस्थितिमा हातेमालो गर्दै सहयोग आदानप्रदान गर्नमा संस्था एक कदम अगाडि रहने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैसिलसिलामा, संस्थाले विज्ञप्तिमार्फत नै नेपालीहरुको महान चाड तिहार, छठ र नेपाल संवतको सबैलाई शुभकामनासमेत व्यक्त गरिएको छ।