मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कला   

चार नेपाली राष्ट्रीय कलाकारहरु बोस्टनमा

चार नेपाली राष्ट्रीय कलाकारहरु बोस्टनमा


नेपाली सांगीतिक क्षेत्रमा स्थापित भइसकेका तथा उदयमान चार होनहार राष्ट्रीय कलाकारहरु आफ्नो सांगीतिक प्रस्तुति दिन, अमेरिकाको बोस्टन सहरमा उत्रिएका छन्। नेपालीहरुको महान चाड बडा दसैं र तिहारको अवसर पारेर बोस्टनमा आयोजना गरिएको ‘दसैं तिहार सांगीतिक उत्सव’ मा भाग लिन उनीहरु बोस्टन उत्रिएका हुन्। कार्यक्रम अक्टोबर २९ तारिख आइतवार साँझ 1290N Shore Rd, Revere, Boston, MA-02151 स्थित ओसियनसाइड इभेन्ट सेन्टरOceanside Event Center) मा हुदैछ।

बोस्टन सहर उत्रने कलाकारहरुमा कालिप्रसाद बास्कोटा, इन्दिरा जोशी, अस्मिता अधिकारी र हेर्कुलेस् बस्नेत रहेका छन्। कार्यक्रमको तयारी सतप्रतिशत पूरा भइसकेको र आफ्नो प्रस्तुतिका लागि चारै जना कलाकारहरु बोस्टन उत्रिसकेको आयोजकले जनाएको छ। कार्यक्रमको बारेमा जानकारी दिदै कार्यक्रम आयोजक मुकुन्द इन्टरटेन्टमेन्टका प्रमुख डिजे मुकुन्द पोखरेलले भने, ‘कार्यक्रमको तयारी सतप्रतिशत पूरा भइसकेको छ। कार्यक्रमका आकर्षकहरु चारै जना बोस्टन उत्रिसकेका छन्। टिकट सिमित छ। किनेर आफ्नो सिट सुरक्षित गरिहाल्नु हुन अनुरोध गर्दछु।’

कार्यक्रम मुकुन्द इन्टरटेन्टमेन्ट र स्काइ इन्टरटेन्टमेन्टको संयुक्त आयोजना र अनेस्ट रियल इस्टेटको सहकार्य हुदैछ। आयोजकका अनुसार, कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग शुल्क बापत अग्रिम टिकट खरिद गरेमा ४० डलर र कार्यक्रम स्थलमा खरिद गरेमा ५० डलर तिर्नु पर्ने छ। डिजे पोखरेलका अनुसार, सोही अवसर पारेर बोस्टनका स्थानीय कलाकार कैजिन योङहाङ(Kaiizen Yonghang)को पहिलो म्युजिक भिडियो ‘बि-टाउन(B-Town)’ पनि सार्वजनिक गरिने भएको छ।

यतिबेला यि चारै कलाकारहरु अमेरिकाको विभिन्न सहरहरुमा आफ्नो सांगीतिक यात्राको दौडाहामा व्यस्त रहेका छन्। सोही क्रममा उनीहरु बोस्टन आइपुगेका हुन्। बास्कोटा र जोशीको जोडी र अधिकारी र बस्नेतको जोडी छुट्टा छुट्टै सांगीतिक कार्यक्रम गर्दै हिडिरहेका छन्। संयोग नै भन्नु पर्छ बोस्टनमा भने चारैजना एउटै मञ्चमा उत्रिदै छन्। एउटै मञ्चमा होनहार चारै जनासंग साक्षात्कार गर्ने अवसर सदुपयोग गरेर भरपूर मनोरञ्जन लिन बोस्टनवासी प्रवासी नेपालीहरु निकै आतुर रहेका छन्। बास्कोटा र जोशीको यो सांगीतिक यात्रा अमेरिकाको लागि तेश्रो हो। उनीहरुले यस अघि नै दुइ पटक युगल सांगीतिक यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। तर, अधिकारी र बस्नेतका लागि भने अमेरिकामा यो युगल सांगीगिक यात्रा पहिलो हो।