मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   

अधिकारी र बस्नेतको अमेरिकाका लागि पहिलो सांगीतिक यात्रा

अधिकारी र बस्नेतको अमेरिकाका लागि पहिलो सांगीतिक यात्रा

यात्रा ड्यालसबाट सुरु हुदै


छिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेका कलाकार द्वय अस्मिता अधिकारी र हेर्कुलेस बस्नेतको अमेरिकाका लागि पहिलो सांगीतिक यात्रा, अमेरिकाको ड्यालस सहरबाट सुरु हुदैछ। ‘दशैं तिहार-२३, सांगीतिक यात्रा, अमेरिका’ नाम दिइएको कार्यक्रम, नेपालीहरुको महान चाड बडा दशैं र तिहारको अवसर पारेर गर्न लागिएको हो। उक्त सांगीतिक यात्रा यही अक्टोबर २१ तारिख सनिवारका दिन नमस्ते इन्टरटेनमेन्ट र हिमालीफाइको संयुक्त प्रस्तुतिमा, टेक्सासको फोटवर्थको नकाउट स्पोर्टस् बारमा हुने ‘दशैं फेस्ट-२०२३’ बाट प्रारम्भ हुदै छ। उनिहरुको यो संयुक्त सांगीतिक यात्रा, अमेरिकाका लागि पहिलो हो। कार्यक्रम आयोजकका अनुसार, यो सांगीतिक यात्रा ड्यालससहित अमेरिकाका अन्य प्रमुख सहरहरु-बोस्टन, न्युयोर्क, ओहायो, सान फ्रान्सिस्को, साक्रामेन्टो, सियाटल, कोलम्बस, ह्यारिसबर्क, बाल्टिमोर, एटलान्टा, भर्जिनिया, कोलोराडो, सिकागो, लस एन्जेल्समासमेत हुदैछ।

पेशाले स्वास्थ्यकर्मी रहेकी अधिकारीले गाएका-तिम्रो मायाले बाधेर राख, ढल्केला ढल्केला, नलाएको माया, बारुली कम्मर तिमीलाई, साली मन पर्यो, त्यो जुनेली रात, मुखै चिलाउनी, गायक सुनिल गिरीको ‘को होला त्यो’ (Female Version), चम्चा पिलेट, यो मेरो जीवनको कुरा…लगायत सयौं गीतहरु एकपछि अर्को गरी चर्चाको शिखर चड्दै गरेका छन्। त्यसैगरी, रचना, संगीत, गायन, संगीत संयोजन आदि क्षेत्रमा राम्रो दखल भएका बहुमुखी प्रतिभाका धनी बस्नेतका-के यो माया हो…? , माया संसार…, तिमी आयौं……,म के भनु…,भनन…,कहाँ चुके …,उडुउडु लाग्छ…, सललल…, म को हुँ तिम्रो…लगायत दर्जनौं गीतहरु युवा माझ चर्चामा रहेका छन्। यस सांगीतिक कार्यक्रमको प्रस्तुति लाइभ एट प्रिजेन्ट(Live at Present)को रहेको छ भने, व्यवस्थापकीय संयोजनकारी सहकार्यको भूमिका फ्यूजन इन्टरनेश्नल(Fuzon International, कोसेली इभेन्ट्स्, अमेरिका( Koseli Events,USA) र प्लानेट ३ फिल्मस्( planet 3 Films)ले संयुक्त रुपमा गर्न लागेको हो।