मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका लागि ‘क्विक रेस्पोन्स टिम’ गठन

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका लागि ‘क्विक रेस्पोन्स टिम’ गठन

केशव भट्टराई

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनका विभिन्न अस्पतालमा सेवारत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा एवं बिरामीहरुलाई प्रभावकारीरुपमा चिकित्सकीय सुविधा दिने विषयमा सोमबार चितवनका प्रजिअ भूपेन्द्र थापाको अध्यक्षतामा बसेको जिल्लाका सुरक्षा प्रमुखहरु तथा अस्पताल प्रमुखहरुसँगको बैठकले विविध निर्णय गर्दै क्विक रेस्पोन्स टिम (क्युआरटी) गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ राजुप्रसाद पौडेलको संयोजकत्वमा क्विक रेस्पोन्स टिम गठन भएको हो । क्विक रेस्पोन्स टिमको सदस्यहरुमा प्रहरी नायब उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेसु प्राडा. कृष्णप्रसाद पौडेल, बिपी मेमोरियल क्यान्सर अस्पतालका डा. शिवजी पौडेल, अनुसन्धान अधिकृत अजय शर्मा, कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्राडा सुदीपराज केसी, चितवन मेडिकल कलेजका डा. प्रताप देवकोटा, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाईं, अफिनका विक्रम अधिकारी र सदस्य सचिवमा प्रशासकीय अधिकृत आनन्द वंश न्यौपाने रहेका छन् ।

बैठकले गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्र निर्देशनअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा एवं बिरामीहरुलाई प्रभावकारीरुपमा चिकित्सकीय सेवा प्रदान गर्ने सन्दर्भमा प्रचलिन ऐन, कानुनको प्रावधान तथा चिकित्सकहरुले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा सम्बन्धित स्वास्थ्य संस्थाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित)ले गरेको कसुर र दण्डसजायसँग सम्बन्धित व्यवस्थाहरु उल्लेख भएको सार्वजनिक सूचना नागरिकले देख्नेगरी सबै स्वास्थ्य संस्थाले राख्ने, जिल्लाका स्वास्थ्य संस्थाहरुमा अप्रत्याशितरुपमा घट्न सक्ने घटना एवं अवाञ्छित क्रियाकलापलाई रोक्न क्विक रेस्पोन्स टिमले व्यवस्थापन गर्ने निर्णय भएको छ ।

यसैगरी, सरकारी स्वास्थ्य संस्थाहरुमा बढ्दो बिरामीको चापलाई मध्यनजर गर्दै भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायतका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तथा स्रोतसाधन व्यवस्थापनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै, जिल्लामा सञ्चालित निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाले आवश्यकताअनुसारको स्वास्थ्यकर्मी तथा पर्याप्त भौतिक स्रोतसाधनको व्यवस्था गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउनेसमेत निर्णय गरिएको प्रजिअ भूपेन्द्र थापाले जानकारी दिए ।