मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   

फेरि विवाद हुनु दुर्भाग्यपूर्ण हो : डिलु पराजुली

फेरि विवाद हुनु दुर्भाग्यपूर्ण हो : डिलु पराजुली


अमेरिका- एनआरएनए एनसीसीमा नयां कार्यसमिति बनेको एक सय दिन पनि पुरा नहुदैं एक पछि अर्को विवाद आईरहेको छ । एनआरएनए अमेरिकाका पुर्व उपाध्यक्ष डिलु पराजुली यसरी एक पछि अर्को विवाद आउनु दुर्भाग्यपुर्ण भएको वताउंछन् ।

एनआरएनए अमेरिकाको अध्यक्षका प्रत्यासीसमेत रहेका पराजुलीले एनआरएनए अमेरिकाले केही रचनात्मक कामहरु शुरु गर्नु पर्नेमा एक पछि अर्को विवाद ल्याउने कार्य हुदां अमेरिका वस्ने नेपाली समुदायलाई थप निराश वनाएको वताए ।

नयां कार्यसमितिले छनौट गरेको आईसीसी डेलिगेट प्रतिनिधिको विषयमा अहिले विवाद भईरहेको छ । नियमसंगत ढंगवाट आईसीसी डेलिगेट छनौट नगरिएको हुदां आईसीसीमा अमेरिकावाट दुईवटा सुची पठाईको थियो । यही कारण प्राय सवै देशका डेलिगेटको नाम आईसीसीले सार्वजनिक गर्दा पनि अमेरिकाको छैन ।

एनआरएनए अमेरिका सल्लाहकार को नामका वारेमा पनि विवाद छ । अध्यक्षले एनसीसी वैठकमा पढेका नाममा कार्यसमिति सदश्यहरुले नै आपत्ति जनाएपछि स्विकृत भएन । प्रवक्ता नियुक्तीको विषयमा पनि धेरैले प्रश्न उठाएका छन् । प्रवक्ताले अहिलेसम्म मिडियाका लागि एउटा पनि सुचना दिएका छैनन्

विगतमा पनि यस्तै विवाद आएको थियो मेरो चाहना अव यस्ता खालका विवाद नहोस र केही रचनात्मक काम गरेर अमेरिका वस्ने नेपाली समुदायलाई सहयोग दिउं भन्ने थियो पराजुलीले भने तर, यस्तो हुन सकेको छैन यो दुर्भाग्यपुर्ण हो । । पराजुली अध्यक्षमा उम्मेदवार भई पराजित भएका थिए ।

एनआरएनए अमेरिकाले शुरु गर्ने कुनै पनि रचनात्मक काममा आफु लागि पर्ने उनले जानकारी दिए ।

हाम्रो मुख्य मुद्दा नागरिकताको हो । एनआरएनए नागरिकताको लागि सरकारले नियम वनाउंदै छ यसवेला चुप लागेर नवसी के कस्तो नियम वन्दै छन् यसमा चासो राख्नुपर्ने समय हो पराजुलीले भने निकै सरल प्रकृयावाट एनआरएनए नागरिकता प्राप्त हुने व्यवस्था गरिनु पर्छ । यसका लागि हामीले लविग गर्नु पर्ने म देख्छु ।

हाम्रो माग त नेपाली नागरिकताको निरन्तरतानै हो पराजुलीले भने यो नहुदां सम्म एनआरएनए नागरिकता प्राप्त गर्ने प्रावधानलाई सरल वनाउंदा पनि कयौंलाई सुविधा हुन्छ मलाई लाग्छ यो मुख्य गर्नु पर्ने काम हो ।

विदेशमा वस्ने नेपालीले नेपाल जांदा विमानस्थलमा सास्ती पाईरहेका छन् । एउटा थप फोन लैजांदा पनि के होला कसो होला भनेर सोच्नु पर्ने अवस्था छ । नेपालवाट आउंदा ल्याएको गहना फिर्ता लैजादां पनि दुख्ख खेप्नु परेको गुनासाहरु आईरहन्छन् यस्तो कुरापनि हामीले उठाउने हो ।

हामी त चाहान्छौ पायक पर्नेलाई विदेशवाट जांदा भैरहवा वा पोखरा विमानस्थलमा आर्लिन सकियोस यी नयां अन्तराष्टिय विमानस्थल संचालनमा पनि हामीले सुझाव सल्लाह दिन सकिन्छ यसका लागि अमेरिकामा नेपाली विज्ञहरु हुनुहुन्छ पराजुलीले भने ।

पराजुलीले आईसीसीले एनसीसीवाट लैजाने पैसाको सही सदुपयोग गर्नु पर्ने वताए । एनसीसीहरुले काठमाडोमा आईसीसीलाई पैसा पठाईरहेका छन् यो पैसाले के कस्तो काम भएको छ यो भन्नु पर्छ ।

एनसीसीले पठाएको पैसा पनि देश र समाजको हितका लागि सृजनात्मक ठाउंमा उपयोग गर्नु पर्छ पराजुलीले भने खाली बैंकमा राख्ने र खर्च देखाउने गरिनु हुदैंन । देशका लागि केही होस भनेर हामीले यो पैसा पठाएको हो खाली आईसीसीको अफिस वा साधारण खर्च चलाउनु मात्र हामीले पैसा पक्कै पनि पठाएको होइन पराजुलीले भने ।