मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
न्युयोर्क   
मुख्य समाचार   

एनआरएनए अमेरिकाको प्रवक्तामा पन्त, सल्लाहकार चयन हुन सकेनन्

एनआरएनए अमेरिकाको प्रवक्तामा पन्त, सल्लाहकार चयन हुन सकेनन्


अमेरिका । एनआरएनए अमेरिकाको प्रवक्तामा डा. राजन पन्त नियुक्त भएका छन् । आइतवार एनआरएनए अमेरिकाको कार्यसमिति वैठक शुरु हुनु अघिनै अध्यक्ष डा. अर्जुन बञ्जाडेले पन्तलाई प्रवक्ता नियुक्त गरी सपथ समेत गराएको जानकारी गराएका थिए ।

विधान अनुसार प्रवक्ता नियुक्त गर्ने अधिकार अध्यक्षलाई छ । प्रवक्ता एनआरएनए कार्यसमितिको सदस्य सरह हुन्छ । वैठकमा प्रवक्ता कसलाई वनाउने भन्ने विषयमा छलफल भएको थिएन।

कार्यसमितिको वैठकमा अध्यक्षले २७ जना सल्लाहकारको नाम समेत पढेर सुनाएका थिए । तर, सल्लाहकार हुनका लागि सम्वद्ध व्यक्तिको बायोडाटा आवश्यक पर्ने भएकाले त्यस अनुसार नआएकाले आइतवार नियुक्त हुन सकेनन् । सल्लाहकारमा परेकाहरुसँग वायोडाटा लिएर प्रकृया पुर्याएर सबैको छलफल पछि फेरि वोर्डमा लैजाने निर्णय भयो । पाँच जना सल्लाहकार अध्यक्षले नियुक्त गर्न पाउँछन् । तर, यी पनि आफ्नो क्षेत्रमा विशेष दक्षता भएका व्यक्ति हुनुपर्छ ।

बैठकमा चिफ प्याट्रनको पनि निर्णय हुन सकेन । यसका लागि अध्यक्षले सुमन तिमिल्सनाको नाम प्रस्ताव गरेका थिए । उनी एनआरएनए अमेरिकाका संस्थापक अध्यक्ष हुन् । यस्तै अन्य प्याट्रनमा पशुपति पाण्डे, शिव राई र तिलक केसीको नाम पनि प्रस्ताव गरेका थिए ।

वैठकले आईसीसीमा प्रतिनिधित्व गर्ने डेलिगेट छनौट समितिपनि चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीको संयोजकत्वमा डेलिगेट छनौट समिति चयन गरिएको छ । यसमा उपाध्यक्ष, महासचिवलाई सदस्यमा राखिएको छ । आवश्यक परे अन्य सदस्य थप गर्ने भन्ने निर्णय भएको छ ।

बैठकले आईसीसीलाई पठाउनु पर्ने रकम पठाउने पनि निर्णय गरेको छ । यसको अधिकार कोषाध्यक्षलाई दिईएको छ । यस्तै निर्वाचन र साधारण सभामा भएको खर्च पनि फरफारक गर्ने निर्णय पनि भएको छ । वैठकमा विभागीय जिम्मेवारी पनि विधानले तोके अनुसार गर्ने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस्

एनआरएनए अमेरिका अध्यक्षले बैठक पढेका सल्लाहकार प्रस्तावित २७ नाम