मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
खेलकुद   
टेक्सस   

सेप्टेम्बर ९ देखि ‘लोनस्टार कप’ फुटबल

सेप्टेम्बर ९ देखि ‘लोनस्टार कप’ फुटबल


ड्यालस (अमेरिका) । आउँदो सेप्टेम्बर ९ र १० तारिक ड्यालसमा २८ टिमको सहभागितामा विशाल फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

युलेस रोयल फुटबल क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगितामा ३५ वर्ष उमेर समुहका खेलाडीहरुको समेत सहभागिता रहने आयोजकले जनाएका छन् । प्राप्त विवरण अनुसार सहभागी टीमहरु मध्य १६ वटा टीम खुल्ला र १२ टीम भने ३५ वर्ष उमेर नाघेकाहरुको रहेको छ ।

लोनस्टार कपका नाममा आयोजना हुन लागेको प्रतियोगितामा प्रथम हुने टीमले १५ हजार डलर पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता रोलिङ्ग हिल सकर कम्प्लेक्स फोर्टवर्थमा हुने जनाइको छ ।