मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

एनआरएनएमा यस पटकलाई नाई भनि दिने कि ?

एनआरएनएमा यस पटकलाई नाई भनि दिने कि ?


अरु सबैलाई भोट दिनु होला

तर जसले विगतमा

एनआरएनएको छवि बिग्रने गरि

मुद्दा हाले

हाल्न लगाए

हाल्न उक्साए

पाखुरा सम्मेलन गरे

फ्री टीकट दालभात सम्मेलन गरे

समानान्तर  एनआरएनए बनाए

काम केही हैन भन्दै

गफ र गुट ठुलो ठाने, 

अनि

आईसिसि र एनसिसि जुधाए

पेनड्राईभ र हार्डड्राईभ चलाए

ती समुहका कुनै पनि स्वरुप

र तिनका छाँयालाई

साथी मान्नुहोस

दाई भन्नुहोस

सहयोग लिनुहोस 

तर नाई हुन्न नभनेर 

भित्री आत्मा देखि

भोट दिनु पाप हो भनि दिनु होस है ||

उहिले उहिलेका खुलिएका 

कहानी सुनाउन

एनआरएनएको चुनाव ताका

राज्य राज्य घुम्ने

बाँकी समय गायव हुने

यर्सागुम्बा जस्ता महंगा झारपातहरु

जो रातभर भट्टीगफ 

र फेसबुकगफमा सिमित छन

जो अरुले काम गरे जल्न थाल्छन 

अनि तलका राम्रा काममा पनि प्रश्न गर्छन

किन भूकम्पमा सहयोग?

किन बाढी पैरोमा साहयता?

किन फ्लेन चार्टर गरेर साहतया ?

किन मातृभूमीलाई सहयोग?

किन आफ्नै भवन ?

किन पाठशाला ?

किन नेपाली मन्दिर र कम्यूनिटी सेन्टर ?

किन अलपत्र लास नेपाल पठाउने?

किन सदस्यता शुल्क आफै तिर्ने?

साथै गुटको पुच्छर समातेर

समाज जोड्न हैन 

तोड्न गुटगत भेला गर्ने, गराउने

र तिनका समर्थकहरुलाई 

एवम तिनका स्वरुपलाई

कहिले नउठ्ने गरि

 हुन्छ, हुन्छ, हुन्छभनि रहनु होला

र यिनलाई यार्सागुमबाको झार सम्म ठिक छ

तर यार्सागुम्बा नै बन्न नदिनु होला

बुटी कै ईज्जत हराउने हो

यसैले मनको मत दिन 

आफ्नो मनलाई सोधेर

हाम्रा भावी सन्तती सम्झेर

समाजिक देनका आधारमा

झारपातलाई झारपात नै ठानी

साथी होस 

या दाई, भाई ……

आफ्नो मनको सुनेर 

नराम्रो स्वरुपलाई

नाई हुन्न नभनेर

भोट दिनु पाप हो भनि दिनु होस है ||