मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मुख्य समाचार   
साहित्य / कला   

ति तमाम बा! हरु लाई सलाम

ति तमाम बा! हरु लाई सलाम


मेरा बा ले धेरै पढेका त छैनन
तर पढेका मान्छेको
मन पढ्न सक्छन
बा! ले २००७ साल देखि
२०३६ सालको सत्याग्रह ब्यहोरे
२०४६ बहुदलवादीको नाममा
झुटा मुद्दा बोके
पुलिसको लाठी ब्यहोरे
उग्रवादीको उग्र स्वरुप ब्यहोरे
बासै सारे
तर कहिले पनि
नत कसैका लागि
राजदुत र सल्लाहकार
नत जिएम र पिए
नत प्रजातन्त्रको बिकल्प खोजे
नत नव बिज्ञ झै
नयाँ वीपी, मदन भण्डारी
र नयाँ राजा नै
खोज्दै हिडे
समाजवादका
आचरणहरु भित्र बाँधिए
समाजवादको अनुशासनमा बेरिएर
नेपाल आमा भन्दै हिडे
विकासको नाम जप्दै हिडे
जो सधै ब्यक्तीवाद र
चरम अवसरवादबाट अलग रहे
ति तमाम बा! हरुलाई
सलाम ||
***************
मेरा बा! ले भन्नु हुन्थ्यो
तिमीले कर्म गर्नु पर्छ
सत्कर्ममा रम्नु पर्छ
बाबु ! अव लाठी हैन
ढुंगा हैन
जेलनेलको फुर्ति हैन
ईमान र इज्जत
ज्ञान र अनुशासनमा बाँधिनु पर्छ
दया र करुणा चिन्नु पर्छ
जति नै लोभी भए पनि
आमाकै तिलहरी र
मंगलशुत्र आँखा गाड्नु हुन्न
पद, सत्ता र शासन पाउन
बुबालाई झुटो सपना देखाउन हुन्न
तर बाबु !
कसैले झुटको सहारा लिए
समाज मै नङ्ग्याउनु पर्छ
अनि बाबु !
यीनीहरु
उहिले, उहिले
हाम्रो पालामा जस्तो सिधै
अगाडी देखिदैनन
आजकल त
सामाजि संजालमा बढी देखिन्छन
गुँड नै बनाएर संजालमा बस्छन
ईज्जत भन्नु नै यीनको लागी
संजालमा पोखिएका शब्दहरु हुन, बाबु !
स्वाभिमान यीनको संजालका पोष्ट हुन, बाबु !
पहिचान यीनको लाईक र कमेन्ट हुन, बाबु!
यी संजाल भित्रका नाङ्गा
ढोगी र निर्लज्ज मुर्ती हुन
जो एलन मस्क र जुगरबर्गले
बनाएको कैद भित्र बस्दै
मन परि नै लेख्छन
नदेखेको देखे भन्छन
भगवान आफैलाई ठान्छन
हो बाबु ! यी बहुरुपी छन
भन्दै ज्ञान बाँड्दै हिड्ने
सिंगो एक ईतिहाँस
अनि मानव धर्मको स्वरुप
ति तमाम बा ! हरुलाई
सलाम छ ||