मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य / कला   

फेसबुकका भित्तामा फलेको असार पन्ध्रको धान

फेसबुकका भित्तामा फलेको असार पन्ध्रको धान


ए ! असार पन्ध्र
तिमी फेरी आयौ है
सुकिलाहरुलाई धान रोप्न
खेतला बनाएर
खेतमा हो कि
सामाजिक संजालका भित्तामा
कोपर कापर गर्दै
के यी धानका बीउले
माटोको सुगन्ध सुँघे कै होला र?
के यी धानका जराहरुले
स्वभिमानीको माटोमा जरा गाडेकै होला र ?
अनि
मुग्लीनको पहिरोमा
रोपाई गर्दै धान बोकेर
राजधानी हिडेका ट्रकले
सोच्दै होलान
अर्को साल मालिकले
छत र कौसीमा
धान फलाए
रोजीरोटी के होला भनि ?
वा अरु नै ?
अनि
स्कुलका नानीले
शिक्षकलाई कक्षामा सोध्ने होलान ?
हाम्रो देशको चामल
के खेत मै फल्छ र गुरु भनेर ?
यहाँ गुरुका जवाफ समेत
नजवाफ बन्दै
सिकाउ नै लागि र
सम्झाउन कै लागि
केही भन्न बाध्य छन
धान पसल
फेसबुकका भित्तामा
गमलामा फल्छ भन्न
किन कि?
धान रोप्ने खेतलाहरु
मरभूमीका वालुवाका गह्रामा
र बचेखुचेकाहरु
अफिस र घरका गमलामा
धान रोप्न ब्यस्त छन
अनि ज्ञान र प्रविधी खिईदै गएरको
र गरौ भन्ने लखेटिदै गएको
मेरो मुलुकमा
टनका टन धान
पसल र फेसबुकमा नफलेर
कसरी खेतमा फल्छ होला र?
ए ! असार पन्ध्र ।।