मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य / कला   

भोलेनाथ भनि दिए पुग्छ

भोलेनाथ भनि दिए पुग्छ


भगवानलाई सुन चाँदी हैन मन दिए पुग्छ
पापीहरुलाई जयजयकार र धन दिए पुग्छ ||

भगवानको दरवार गई भगवान नै लुट्नेलाई
म के भनौ भगवान तथास्तु भनि दिए पुग्छ ||

उनलाई ठूलो ईच्छा छ संगै नाम लेखाउने
उनलाई राम हैन रावण लेख्न दिए पुग्छ ||

महोदयको अन्तिम ईच्छ र लक्ष्य त्यही हो भने
नर्क रोज्नेलाई त्यो नै स्वर्ग भनि दिए पुग्छ ||

ए मनुस्य महादेव त भोले हुन बश्त्र नै चाहिदैन
सुन पित्तल तामा हैन भोलेनाथ भनि दिए पुग्छ ||

दिनै पर्ने भए टोलका अनाथ र टुहुराहरुलाई देउ
भोलालाई सुन हैन नागको माला लाउन दिए पुग्छ ||