मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य / कला   

सामजिक संजालका गुलामहरु

सामजिक संजालका गुलामहरु


आजकल सामाजिक संजालका
गुलामहरुको स्तर
तासका गुलाम भन्दा
घटिया बन्दैछन रे
यहाँ तासका गुलामहरुलाई
एक्का मिसी र बास्सा बाहेक
दहर ( दस्सा) भन्दा मुनीका
दुवा, तिर्की सम्मले त पत्याउन्छ
उसै परे जोकर बनेर
बास्सासंग मिलेर
गुलामराज नै चल्न सक्छ
कहिले कही
मनोरंजन नै भए पनि
चोर पुलिस (गुलाम चोर) खेल्न त काम लाग्छ
तर अफसोच
सामाजिक संजालका
गुलामहरु भने
एक्का, मिस्सी र बास्साको
पाईन्ट, फरिया, ईजार…
नापेर
समातेर
अरु के के …गरेर
गलत सही के हो ?
केही नठम्याई
स्याटस लेख्न भन्दा
माथी उठ्न सकेनन
अनि तिनलाई दुवा तिर्की भन्दा
अरुले किन पत्याउने ?|
हैन हो गुलाम जीहरु
अझै कति बोल्छौ ?
बोल्छौ मात्र कि
गर्छौ पनि ?
दुवा तिर्कीका मालिक हो
सिन्को भाँच्न पनि
कति कुरेर बस्छौ
गुलाम कै आदेश
देखेनौ तिमीले
हर्क राईले
पाखुरा खियाएको
तीन महिना मै
वर्षौ नबगेको मेलम्ची (उपमा)
धरानमा बगाएको
तिमीले बुझ्नै चाहेनौ
तिम्रै परम्परा र संस्कार
अनि संस्कृतको यो भाव
‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’
केवल पुज्छौ
ढोग्छौ
पछाडी लाग्छौ
तेलका बोटल बोकेर,
मालिकका पछाडी
सकेनौ उठ्न गुलाम भन्दा माथी
अनि तिमीलाई दुवा तिर्की भन्दा
अरुले किन पत्याउने ?