मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

समयमै अस्पताल नआउने चिकित्सकलाई कारबाही : मन्त्री जोशी

समयमै अस्पताल नआउने चिकित्सकलाई कारबाही : मन्त्री जोशी

केशव भट्टराई

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन ।  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले समयमा अस्पताल नआउने चिकित्सक कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

आइतबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षण अनुगमनपश्चात् आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले समयमा अस्पताल नआउने र अस्पताल आएर कार्यालयमा नबस्ने चिकित्सक तथा कर्मचारीलाई कारबाही गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् ।

निरीक्षणका क्रममा चिकित्सक, कर्मचारीहरु कार्यकक्षमा नभेटिएको भन्दै उनले भने, ‘कार्यालयमा काम नगर्ने भए घर बसे हुन्छ । बिरामी र सेवाग्राहीले सेवा पाउन रोकिनु हुँदैन ।’ अस्पतालको सेवाका बारेमा हरेक हप्ता अस्पताल प्रशासनले सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।

कुन चिकित्सक कतिखेर भेट्न सकिन्छ भन्ने विषय खुलाएर सूचना जारी गर्दा बिरामीको चाप कम हुने उनको भनाइ थियो । अस्पतालमा भएका बिरामीको चाप कम गर्नतर्फ अस्पताल प्रशासनले ध्यान दिनुपर्ने उनले बताए ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजयराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री जोशीले अस्पतालभित्र हुने गरेको आर्थिक अनियमितता सञ्चालक समितिले रोक्नुपर्ने बताए । अस्पतालका विषयमा उठेका प्रश्नको समाधान गर्नतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । अस्पतालले दिँदै आएको सेवासुविधालाई अझै व्यवस्थित गर्न पनि उनले निर्देशन दिए ।

सो अवसरमा अस्पताल सुधारका विषयमा स्थानीय, अस्पतालका विभागीय प्रमुखहरु, अस्पताल प्रशासनलगायतसँग छलफल भएको थियो । कार्यक्रममा अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. देजकुमार गौतम, उपनिर्देशक कृष्णसागर शर्मा, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रमेश पौडेललगायतले बोलेका थिए ।

कार्यक्रममा मन्त्री जोशीले अस्पतालको गुरुयोजनाअनुसार काम गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।संघीय सरकारसँगसमेत यस विषयमा छलफल गर्ने वातावरण तयार गर्न आफू तयार रहेको उनले विश्वास दिलाए ।