खेलकुद

एनएसटी कप २०२६ नेपाली स्टारको हातमा

एनएसटी कप २०२६ नेपाली स्टारको हातमा


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले आयोजना गरेको एनएसटी कप क्रिकेटको सोमबार साँझ भएको फाइनलमा टेक्ससको नेपाली स्टार टिमले जितेको छ ।

नेपाली स्टारले १२ दशमलव १ ओभरमा ७ विकेटले जितेको छ । सेकेण्ड रनरअप ड्यालस एक्सआइ भएको छ ।

Advertisement

विजेताले ५ हजार डलर र उपविजेताले २ हजार डलर राशी सहित शिल्ड प्राप्त गरेका छन् । टेक्ससका १२ टिम सहभागी यसपटकको एनएसटी कप क्रिकेट प्रतियोगिता दुई वर्ष अघि विश्वकप भएकै ग्राण्डप्रेरी रंगशालामा भएको हो ।

सोमबार साँझको फाइनल खेल हेर्न नेपाली समुदायका अगुवाहरु सहित सयौ नेपाली क्रिकेटप्रेमीहरु रंगशालामा जम्मा भएका थिए ।

खेलको समापनमा नेपाली समाजका अध्यक्ष विजय भुसालले खेलका सहभागी खेलाडीहरुको वृहत्तर विकासका लागि आगामी दिनमा नेपाली समाजले विशेष रुपका नियमित प्रोग्रामहरु सञ्चालन गर्ने घोषणा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।