मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय हेल्थ क्लिनिकको आइतबारदेखि सेवा सुरु

हिमालय हेल्थ क्लिनिकको आइतबारदेखि सेवा सुरु

पहिलो दिननै ९५ जनालाई सेवा प्रदान


ड्यालस (टेक्सस) । टेक्ससको युलेसमा नेपालीमुलका चिकित्सक तथा स्वास्थकर्मीहरुको पहलमा स्थापित हिमालय हेल्थ क्लिनिकले आइतबारदेखि सेवा सुरु गरेको छ ।

युलेसको नयाँ मन्दिर भवनमा रहेका सुविधासम्पन्न कोठाहरुबाट पहिलोपटक क्लिनिक सुरु भएको हो । मन्दिरको पाँचवठा सुविधासम्पन्न कोठाहरु हिमालय हेल्थ क्लिनिकले प्रयोग गर्ने सम्झौता भएको छ ।

यो निशुल्क क्लिनिक हो । आइतबार पहिलो पटक सञ्चालन भएको क्लिनिकमा ९५ जनाको स्वास्थ परिक्षण लगायतका सेवाहरु दिइएको थियो । क्लिनिकमा डा.सञ्जीब श्रेष्ठ, डा.दिपेश बिष्ट, डा.बिष्णु सापकोटा, डा.रजनी श्रेष्ठ, डा. रोजी राजभण्डारी, डा. अनुज कँडेल, डा. विश्वास उपाध्याय, डा. शर्मिला श्रेष्ठ, डा. पूजा सैँजु लगायतबाट सेवा प्रदान भएको थियो ।

क्लिनिकमा झण्डै डेढ दर्जन नेपाली समुदायका नर्सहरु, स्वयम्सेवकहरुले सेवा दिएका थिए ।

पहिलो दिन भएको र सबै पुर्वाधारहरु भएकोले आइतबार हिमालय हेल्थ क्लिनिकका चिकित्सक तथा नर्सहरु निकै उत्साहित थिए ।

 

भविष्यमा क्लिनिक हरेक आइतबार सञ्चालन गर्ने योजना भएपनि अहिले जनशक्तिका कारण एक हप्ता बिराएर गर्ने योजनामा क्लिनिक रहेको छ । विशेषगरि स्वास्थबीमा नभएका र नेपालबाट भ्रमणका लागि आएकाहरुका निम्ति क्लिनिक विशेष उपयोगी हुने अनुमान गरिएको छ ।

आउँदो क्लिनिक जुन ४ तारिक आइतबार गर्ने तयारी रहेको क्लिनिकका एक्जुकेटिभ डाइरेक्टर राज श्रेष्ठले जानकारी दिएका छन् ।