मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

चितवन २ को उपनिर्वाचनका लागि कांग्रेसका ११ नेताको नाम सिफारिस, नेता-कार्यकर्ताको कारबाही फुकुवाको लागि अनुरोध

चितवन २ को उपनिर्वाचनका लागि कांग्रेसका ११ नेताको नाम सिफारिस, नेता-कार्यकर्ताको कारबाही फुकुवाको लागि अनुरोध

केशव भट्टराई

शेयर गर्नुहोस:

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं २ चितवनको बैठकले आगामी वैशाख १० गते हुन गइरहेको चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका ११ जना नेताको नाम केन्द्रमा पठाइएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको चैत १ गते सम्पन्न बैठकको पत्रअनुसार क्षेत्रीय समितिबाट पार्टीको विधानको धारा ३२ ८ (क) अनुसार चितवन क्षेत्र नं २ भित्रका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्तिनिधि र जिल्ला पार्टी पदाधिकारीको संयुक्त बैठकले सर्वसम्मत उमेदवारको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले जानकारी दिए ।

सिफारिस भएका उमेदवारहरुमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहेका छन् ।

यसैबीच, आइतबार क्षेत्रीय कार्यसमितिको पदाधिकारीहरुको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनलाई सहज बनाउन र विजय हासिल गर्न चितवन क्षेत्र नं २ बाट विविध कारणले कांग्रेसको कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागि जिल्ला/प्रदेश/केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कारबाही फुकुवा गर्न सिफारिस भएका नेताहरुमा कांग्रेस पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्व सांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जीतबहादुर थापालगायत क्षेत्र नं २ अन्तर्गत पार्टीबाट कारबाहीमा परेका सबै नेताकार्यकर्ता रहेका छन् ।