मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ड्यालसमा महाशिवरात्री धुमधामका साथ सम्पन्न

ड्यालसमा महाशिवरात्री धुमधामका साथ सम्पन्न


ड्यालस (टेक्सस) ।  आज हिन्दुहरुको महान् चाड महाशिवरात्री टेक्ससको ड्यालसमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निकै ठूलो भीडका बीच धुमधामका साथ पूजा-आराधना कार्यक्रम  सम्पन्न भएको छ । महाशिबरात्री पर्बको दिन आज टेक्ससको ड्यालसमा रहेको पशुपति नाथ तथा बुद्ध मन्दिरमा विहानै देखि श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो ।

पशुपति नाथ तथा बुद्धमन्दिरमा श्रद्धालु भक्तजनहरुले लामबद्ध भएर भगवान शिबको पूजा आराधना गर्नुका साथै मन्दिरको सभाहलमा भजन किर्तन गरेका थिए । भक्तजनहरुका अनुसार बिगतका बर्षहरु भन्दा यसबर्ष महाशिबरात्री पर्बमा श्रद्धालु भक्तजनहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

महाशिबरात्री पर्बको अवसरमा नेपाली मन्दिरका अतिरिक्त नेपालीहरुको बसोवास रहेको बस्तीमा नेपालीहरु एकै ठाउँमा जम्मा भएर भजनकिर्तन गरेका थिए । फोर्टवर्थको बर्कसायर समुदायका महिला पुरुष जम्मा भएर भगवान शिबको आराधना तथा भजन किर्तन गरिएको स्थानीय राजु रिजालले बताउनु भयो ।

नेपाली समुदायको बाक्लो बसोवास रहेको अमेरिकाको टेक्सासमा नेपाली समुदायहरुले नेपाली चाडपर्बहरु उल्लासपूर्बक रुपमा मनाउने गर्छन ।

महाशिवरात्रीको  हिमालयखबरबाट प्रत्यक्ष प्रसारण :