मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
कोलोराडो   

एनआरएन कोलोराडोद्धारा बिभिन्न संस्था तथा ब्याक्तिहरुलाई भब्य सम्मान

एनआरएन कोलोराडोद्धारा बिभिन्न संस्था तथा ब्याक्तिहरुलाई भब्य सम्मान

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)-कोलोराडोमा एक समारोह बिच बिभिन्न माध्यमबाट नेपाली सामुदायको सहयोग तथा बिकासमा योगदान गर्नुहुने ब्याक्ति तथा संस्थाहरुलाई कदर पत्र प्रदानगरी सम्मान गरिएको छ ।

एनआरएन कोलोराडो च्याप्टरको बर्तमान कार्यसमीती संग जोडीएर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा तन, मन र धनले निश्वार्थ रुपमा सहकार्य गर्ने ब्यक्ती तथा संस्थाहरुलाई एक भब्य तथा सभ्य समारोह बिच सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा संस्थाका सल्लाहकार, समाजसेवी, पत्रकार, दाता, भोलेन्टीयर कलाकार, ब्यवसायी र संघ संस्थाका पदाधिकारीहरु रहेका छन् । सम्मानित सबैलाई संस्थाका अध्यक्ष आरसी पन्त र कोषाध्यक्ष दिपक सुनुवारले कदरपत्र प्रदानगरी सम्मान गरेका थिए ।

One Community, One Team, One Voice, But Many Ideas मुल आदर्श बाक्यलाई शिरोपर गर्दै २०२१ मा आरसी पन्तको नेतृत्वमा गठित टिमले अनवरत रुपमा सामाजिक कार्यहरुमा निरन्तर क्रियाशिल रहदै आएको छ । प्रवासमा रहेका नेपालीहरुको छाता संगठनको रुपमा अभिभावकीय भुुमीकामा रहेको संस्था एनआरएन कोलोराडोले नेपाली समुदायमा आफु बास्तविक दुःख सुखको साथी भएको प्रमाणीत गरेको छ ।

कार्यक्रममा संस्थाको १९ महिने कार्यकालमा भए गरेका कार्यहरुको भिडीयो क्लीप प्रश्तुत गरिएको थियो । यस अवधिमा नेपाली समुदायमा घटेका बिभिन्न घटना तथा सामुदायिक कार्यक्रमको लागी स्थानीय बिभिन्न संस्थाहरु संग मिलेर २ लाख डलर भन्दा बढि सहयोग संकलन गरि हस्तान्तरण गरिएको । बिभिन्न घटनाका कारण आई परेका समस्याहरुलाई समाधान गर्न स्थानिय सरकार, स्टेट गर्भनर, कांग्रेश म्यान समेतको समन्वयमा समाधान गर्न सकिएको उदाहरण प्रश्तुत गरिएको थियो ।

कार्यक्रममा च्याप्टरको आय ब्याय सधै पारदर्शि रहेकोे र जसले पनि संस्थाको फेसबुकमा गएर हेर्न सक्ने भन्दै अध्यक्ष पन्तले त्यसको प्रतिवेदन प्रश्तुत गरेका थिए ।

ब्रुमफिल लाईब्रेरीमा आयोजित कार्यक्रममा सहभागी सबैलाई आफ्नो धारणा राख्ने अवशर प्रदान गरिएको थियो । बक्ताहरुले कोलोराडो च्याप्टरले उदारणीय काम गरेर समुदायको मन जित्न सफल भएको भन्दै एनसीसी र आईसीसी लगाएत अन्य च्याप्टरहरुले कोलोराडोको अनुसरण गर्नुपर्ने धारणा राखेका थिए । च्याप्टरका अध्यक्ष आरसी पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव शंकर गुरुङले संचालन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सहभागी सबैको जिज्ञासालाई संम्बोधन गर्दै अध्यक्ष पन्तले सबैको साथ र सहयोगले नै च्याप्टरले गतीलिन सकेको बताए । उनले आगामी दिनमा पनि संस्थालाई अगाडी बढाउन यस्तै साथ सहयोग र सुझावको खांचो रहेको भन्दै संस्थालाई यहासम्म ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।