मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ड्यालसमा सिद्ध महायोग सम्मेलन सम्पन्न

ड्यालसमा सिद्ध महायोग सम्मेलन सम्पन्न


ड्यालस (टेक्सस) । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा अमेरिको ड्यालसमा दुई दिने सिद्ध महायोग अन्तर्राष्ट्रिय समागम (सम्मेलन) सम्पन्न भएको छ ।

अमेरिका तथा क्यानडामा स्थापना भएका सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानहरुको संयुक्त आयोजनामा शनिबार र आइतबार दुई दिने सम्मेलन भएको हो । सम्मेलनमा अमेरिका र क्यानडामा रहेका हिमालय सिद्ध महायोगका बारेमा चासो राख्नेहरुको सहभागिता थियो ।

टेक्ससको अर्भिङ्ग स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजित दुई दिने कार्यक्रममा योगप्रति चासो राख्नेहरुको बाक्लो सहभागिता थियो । ड्यालसमा समाजसेवी तथा सफल व्यबसायी बासुदेब भण्डारी तथा विमला भण्डारीको विशेष सौजन्यमा कार्यक्रम भएको हो ।

अमेरिकामा केही वर्षदेखि सकृय प्रतिष्ठानमा भण्डारी, कपिल अधिकारी, डा. मेघनाथ पराजुली, धर्मराज घिमिरे, सुरेन्द्र गौतम लगायतका प्रतिष्ठित व्यक्तिहरुको आवद्ध छन् । दुई दिने कार्यक्रममा नेपालमै ऋषिमुनी, पितापुर्खाहरुले गर्ने गरेको योग, महासाधनाका बारेमा वृस्तृत चर्चा गर्नुका साथै त्यसबाट मानव जीवन र स्वास्थमा पार्ने सकारात्मक प्रभावका बारेमा वृस्तृत चर्चा गरिएको थियो ।

सहभागीहरुले निकै चासो दिएर कार्यक्रममा सहभागिता जनाएका थिए ।