मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

संघीयता खारेजी राप्रपाको एजेन्डा : मन्त्री पाण्डे

संघीयता खारेजी राप्रपाको एजेन्डा : मन्त्री पाण्डे

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । सहरी विकासमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले राप्रपाले संघीयता स्वीकार नगरेको बताएका छन् । मन्त्री बनेपछि बुधबार पहिलोपटक चितवन आएका उनले भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी संघीयता खारेजी राप्रपाको एजेन्डा नै भएको बताए ।

‘संघीयता हामीले स्वीकारेका छैनौँ’, उनले भने, ‘प्रधानमन्त्रीको कुराले पार्टीको धारणा परिवर्तन हुँदैन ।’ संसद्लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहालवाला मन्त्रीले संघीयताको विरोध नगर्न चेतावनी दिएका थिए । चेतावनीका बीच पार्टीको धारणाबारे बोल्न नडराइने मन्त्री पाण्डेले बताए ।

आफ्ना एजेन्डाहरु राखेर नै सरकारमा सहभागी भएको भन्दै उनले हरेक कुरामा धारणा बनाउन पाउने अधिकार लोकतन्त्रमा नै रहेको बताए ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री पाण्डेले आफू सहरी विकासमन्त्री बन्दैगर्दा कुनै स्वार्थ नबाझिएको दाबी गरे । ‘मैले हरेक कम्पनीबाट राजीनामा दिइसकेको अवस्था हो । मैले धेरै वर्षदेखि राजनीतिलाई समाजसेवाको रुपमा लिएको छु’, उनले भने, ‘जसले स्वार्थ बाझिन लाग्यो भन्दै हिँड्नुभएको छ, किन भन्नुभाछ मलाई पनि थाहा छैन ।’

मन्त्रालयमा गएपछिको काम हेर्दै नहेरी स्वार्थ बाझियो भन्नु आश्चर्यको कुरा भएको उनले बताए । सिक्टा सिंचाइमा नेपालमै गुणस्तरीय काम भएको दाबी गर्दै उनले राजनीतिक पूर्वाग्रह राखेर आफूविरूद्ध मुद्दा हालिएको बताए । साथै उक्त मुद्दामा सर्वाेच्चले आफूलाई सफाइसमेत दिइसकेको उनले बताए ।