मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्युस्टनका नेपालीहरुले साइप्रस क्षेत्रमा नयाँ बहुउद्देशीय सामुदायिक केन्द्र बनाउँदै

ह्युस्टनका नेपालीहरुले साइप्रस क्षेत्रमा नयाँ बहुउद्देशीय सामुदायिक केन्द्र बनाउँदै

सुजन पण्डित

शेयर गर्नुहोस:

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकामा नेपालीहरुको धेरै बसोबास भएको सहर मध्ये टेक्ससको ह्युस्टन पनि एक हो। नेपालीहरुको बसोबास बढेसंगै नेपालीहरुले आफ्नो भाषा, संस्कृति नेपालीपनको जगेर्ना गर्न विभिन्न उपायहरु गर्दै आइरहेका छन्। नेपालीहरुको बसोबास बढी भएका प्रायः सबै अमेरिकी सहरहरुमा अहिले नेपालीहरुको आफ्नै मन्दिर वा सामुदायिक केन्द्रहरु स्थापना भइसकेकाछन् वा हुने क्रममा छन्।

टेक्ससको डालासमा १० वर्ष भन्दा अघि देखि नै नेपाली साँकृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) को नाममा नेपाली मन्दिर एवं सामुदायिक केन्द्र संचालनमा भने ह्युस्टनका नेपालीहरुको संस्था नेप्लिज एसोसियसन अफ ह्युस्टन (एनएएच) को नेतृत्वमा बृहत्तर ह्युस्टनको रिचमण्डमा २०१७ मा नै . एकड ( करिब ६६ रोपनी) जमिन पहिले देखि नै संचालनमा रहेको मन्दिर सहितको भौतिक संरचना किनेर मन्दिर एवं सामुदायिक केन्द्र खेल मैदान संचालनमा रहेको छ। यसैगरी अस्टिनका नेपालीहरुले पनि गतवर्ष मात्र सामुदायिक केन्द्रका लागि जमिन खरिद गरिसकेका छन् सामुदायिक केन्द्रका लागि आवश्यक भवन निर्माणको प्रकियामा छन्।

यसैबीच हालै मात्र बृहत्तर ह्युस्टनको साइप्रस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था सृजनशील नेपाली समाज (सिएनएस) को अगुवाईमा नयाँ बहुउद्देशीय सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्यले करिब एकड जमिन खरिद गर्ने सम्झौता सम्पन्न भएको सिएनएसका संस्थापक अध्यक्ष एवं सामुदायिक केन्द्र स्थापनाका लागि सक्रिय उमापति भुसालले हिमालय खबरलाई बताएका छन्।

हाल जग्गा किन्न आवश्यक करिब साढे चार लाख रकम संकलनमा साइप्रस वरिपरी बसोबास गर्ने सबै नेपाली समुदायका तर्फबाट निकै उत्साहप्रद सहयोगको प्रतिबद्धता प्राप्त भएको भुसालले हिमालय खबरलाई जानकारी गराएकाछन्। भुसालका अनुसार प्रस्तावित बहुउद्देशीय सामुदायिक केन्द्रमा एक हिन्दु मन्दिरका अतिरिक्त सामुदायिक हल, साँस्कृतिक म्यूजियम, विवाह एवं धार्मिकसाँस्कृतिक पूजा मण्डप, योगास्थल, ओम पार्क मृत्युसंस्कारका लागि आवश्यक स्थान, सिनियरगार्डेन, बु्द्ध फोहरा, डाँफेमुनाल पार्क, नेपाली छहारी, ढुङ्गे धारा, स्वीमिङपुल, लगायतका नेपाली कलासंस्कृति झल्कने संरचनाहरु निर्माण गरिने छ।

नेप्लिज एसोसियेशन अफ ह्युस्टन (एनएएच) को अगुवाईमा ह्युस्टनमा पाँच वर्ष अघि नै पशुपति मन्दिर एवं हिमालयन कल्चरल सेन्टर स्थापना भइसकेको , त्यसलाई थप व्यवस्थित गरेर नेपालीहरुको साझा मन्दिर सामुदायिक केन्द्र बनाउन नलागेर किन अर्को सामुदायिक केन्द्र बनाउनु परेको भन्ने हिमालय खबरको प्रश्नमा भुसालले भनेहालको पशुपति मन्दिर ह्युस्टनका नेपालीहरुको गर्व हो त्यसको निरन्तरता विकासका लागि नर्थ ह्युस्टन साइप्रसवासी नेपाली समुदाय संधै सहयोग गर्न तत्पर रहने छ। साइप्रसमा बन्ने सामुदायिक केन्द्रमा पशुपति मन्दिर परिसरमा भएको मन्दिर प्रतिमा नराखिने त्यहाँ उपलब भन्दा फरक संरचना बनाउने तर्फ सचेचतापूर्वक लाग्ने पनि भुसालले हिमालय खबरको जिज्ञासामा प्रष्ट पारे।रिचमण्डस्थित पशुपति मन्दिरमा हामी सबै ह्युस्टनका नेपालीहरुको भावना गाँसिएको , हाम्रो आफ्नो पशुपति मन्दिर भन्न पाइएको हाम्रो आस्था जोडिएको छ। त्यसैले हामी सबै पशुपति मन्दिर त्यसको भौतिक विकासका लागि समेत सक्रिय रहने छौं, भुसालले हिमालय खबरसंग भने। नेपाली कला संस्कृतिको जगेर्ना गर्न नेपाली वास्तुकला, परम्परागत शैलीका नेपाली पन झल्कने संरचना निर्माण गर्ने लक्ष्य सिएनएसले लिएको भुसालले बताए।

साइप्रसमा सामुदायिक केन्द्र स्थापनाका लागि सक्रिय स्थानीय सतिश त्रिपाठीले पनि पशुपति मन्दिरको प्रतिपर्धी मन्दिर वा सामुदायिक केन्द्र बनाउन नखोजेको बताए। उनका अनुसार साइप्रस क्षेत्रमा बढ्दो नेपालीहरुको बसोबासलाई दृष्टिगत गरेर उनीहरुको बस्ती नजिकै बहुउद्देशीय सामुदायिक भवन बनाउन खोजिएको हो।हालको पशुपति मन्दिर जस्तै साइप्रसमा निकट भविष्यमा बन्ने सामुदायिक केन्द्र पनि बृहत्तर ह्युस्टनबासी नेपालीहरुको साझा हुनेछ, त्रिपाठीले भने। समुदाय विस्तार हुने क्रमसंगै सामुदायिक केन्द्र आफ्ना आस्थाको केन्द्रहरु पनि बन्दै जानुपर्छ। यस्ता संरचनाहरुले समुदायलाई बिग्रह गर्ने होइन एकता सद्भाव बढाउन मद्दत गर्दछ”, त्रिपाठीले विशेष जोड दिएर भने।