मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

सिएमसीमा राजधानी बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण

सिएमसीमा राजधानी बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण


चितवन । चितवन मेडिकल कलेजमा राजधानी बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ । 
 
भरतपुर महानगरपालिका वडा नं १० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी ५४ वर्षकी धनकुमारी लामाको चितवन मेडिकल कलेजमा सफल कलेजो प्रत्यारोपण भएको हो । धनकुमारीलाई उनकी ३४ वर्षकी छोरी उषा तामाङले कलेजो दिएकी हुन् । 
 
कलेजका विशेषज्ञ चिकित्सकहरु सर्जन डा सञ्जय यादव, डा एकानन्द सिंह, डा प्रविन जोशी, डा जयन्तकुमार साह, डा अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा किरण अधिकारी, डा सुरेश गौतम, डा नवीन यादव, हेपाटोलोजिष्ट डा सागर पौडेल, डा बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा विज्ञान पौडेललगायत चिकित्सकहरुको टोलीले कलेजो प्रत्यारोपण गरेको चितवन मेडिकल कलेजले जनाएको छ । 
 
अस्पतालका प्रबन्ध निर्देशक तथा अध्यक्ष डा हरिश्चन्द्र न्यौपानेले १२ घन्टा लगाएर सफल प्रत्यारोपण भएको बताए । उनले चितवनलाई कलेजो प्रत्यारोपणको हब बनाउने प्रयास जारी रहेको बताए । 
 
उनले २५ लाखमा कलेजो प्रत्यारोपण गरेको जानकारी दिए । उनले भने, ‘कालान्तरमा १५ लाखमा कलेजो प्रत्यारोपण गर्न सक्ने अभियानमा हामी लाग्छौँ ।’