मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

नेपालमा थप १२० जनामा कोरोना पुष्टि, हालसम्म तीन हजार १० जनाको मृत्यु

नेपालमा थप १२० जनामा कोरोना पुष्टि, हालसम्म तीन हजार १० जनाको मृत्यु


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप १२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ । 
 
थप ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ८५ हजार १९० जना पुगेको छ ।     
 
मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ७६६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ८३२ सक्रिय सङ्क्रमित रहेका छन् ।  
 
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कोही पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।   
 
मन्त्रालयले कोरोनाविरुद्धको खोप अभियानलाई ध्यानमा राख्दै अबदेखि दैनिक यसबारे जानकारी गराउने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबारदेखि सुरु गरिने खोप अभियानलाई ध्यानमा राख्दै मन्त्रायलले आजदेखि दैनिक प्रेस ब्रिफिङ गर्न थालेको हो ।    
 
यसअघि सातामा दुई पटक आइतबार र बुधबार मात्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दै आएको थियो ।