मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा एकैदिन १५९२ को मृत्यु, संक्रमितको संख्या ४५ लाख नाघ्यो

अमेरिकामा एकैदिन १५९२ को मृत्यु, संक्रमितको संख्या ४५ लाख नाघ्यो


वासिङटन । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यालयले पुष्टि गरेको छ । 
 
गत २४ घन्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिनायताकै सबैभन्दा उच्च भएको सो विश्वविद्यालयले जनाएको छ । 
 
अमेरिकामा एकै दिनमा ६४ हजार ७२९ कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बाल्टिमोर आबद्ध विश्वविद्यालयल जानकारी दिएको छ । 
 
अमेरिकामा बुधबार रातिसम्म ४५ लाख १३ हजार २४७ जनाको सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ६७५ जनाको मृत्यु भइसकेको छ । 
 
कोरोना भाइरसको कारण विश्वभरमा एक करोड ६९ लाख ७३ हजार २०५ जना सङ्क्रमित भएका छन् । 
 
गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसको कारण विश्वभर ६ लाख ६५ हजार २७ व्यक्तिको मृत्यु भइसकेको छ । एएफपी
 

Advertisement

शेयर गर्नुहोस:

0
Shares