मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना भाइरसबाट भारतमा १६ हजार ९८५ जनाको मृत्यु

कोरोना भाइरसबाट भारतमा १६ हजार ९८५ जनाको मृत्यु


नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ९८५ पुगेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 
 
भारतमा दैनिक हजारौँको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिँदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ७२ हजार ७२३ पुगेको पनि सो मन्त्रालयले जनाइएको छ  ।
 
गत २४ घन्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित भएका छन् । 
 
देशभरी अहिले २ लाख १७ हजार २२२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ३८ हजार ५१६ पुगेको छ ।
 
कोरोनाभाइरसबाट सबैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सबैभन्दा धेरै रहेको छ ।
 
महाराष्ट्रपछि केन्द्रीय राजधानीसमेत रहेको दिल्ली कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

0
Shares