मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा एकैदिन १८ हजार बढी संक्रमित, संक्रमितको संख्या पाँच लाख नाघ्यो

भारतमा एकैदिन १८ हजार बढी संक्रमित, संक्रमितको संख्या पाँच लाख नाघ्यो


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या शनिबार पाँच लाख नाघेको छ । भारतमा दैनिक हजारौँको संख्यामा नयाँ संक्रमितहरु थपिँदै गएकाले कुल संक्रमितको संख्या पाँच लाख १८ हजार ९३६ पुगेको हो ।
 
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा मात्रै १८ हजारभन्दा बढी संक्रमित भएका छन् । भारतमा शनिबार सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिनमा १८ हजार ५५२ जना संक्रमित भएका हुन् ।
 
गत जुनदेखि मात्रै भारतमा तीन लाख १८ हजार नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
देशभरी अहिले दुई लाख १११ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या तीन लाख २ हजार ९४५ पुगेको छ ।   
 
भारतमा कोरोना भाइरसबाट संक्रमित भएर अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या १५ हजार ८८० पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 
 
कोरोना भाइरसबाट सबैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सबैभन्दा धेरै रहेको छ ।
 
महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ५२ हजार ७६५ जना संक्रमित भएका छन् । 
 
त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ७४ हजार ६२२ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।  एएनआई  

शेयर गर्नुहोस:

0
Shares