मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोभिड–१९ बाट विश्वभर चार लाख बढी मानिसको मृत्यु

कोभिड–१९ बाट विश्वभर चार लाख बढी मानिसको मृत्यु


मेरिल्याण्ड । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाख ५ हजार ३३३ व्यक्तिको मृत्यु भएको छ भने ७० लाख ३७ हजार जना संक्रमित भएका छन् ।
 
जोन अकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरणअनुसार विश्वभर चार लाख ३ हजार ३३३ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख १२ हजार २०५ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने १९ लाख ९६ हजार ४९७ भन्दा बढी सङ्क्रमित रहेका छन् ।
 
सङ्क्रमणका हिसाबले दोस्रो धेरै सङ्क्रमित ब्राजिलमा छ लाख ७७ हजार ९४९ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा आइतबारसम्म कोभिड–१९ बाट कुल ३६ हजार ६५ पुगेको बताइएको छ ।
 
त्यसैगरी रूसमा चार लाख ६७ हजार ६७३ र बेलायतमा दुई लाख ८८ हजार ३९० व्यक्ति सङ्क्रमित भएका छन् । बेलायतमा कोभिड–१९ सङ्क्रमितमध्ये ४० हजार ५४८ व्यक्तिको मृत्यु भएको छ ।
 
अहिलेसम्म कोभिड–१९ सङ्क्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ ।  रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् पाँच हजार ८५९ व्यक्तिको मृत्यु भएको छ । 
 
यसैबीच, कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा आइतबारसम्म दुई लाख ५६ हजार ५६३ व्यक्ति सङ्क्रमित भेटिएका छन् भने ७ हजार १७४ हजार व्यक्तिको मृत्यु भएको छ । भारत कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा छैठौँ स्थानमा पुगेको छ । एएनआई 

शेयर गर्नुहोस:

0
Shares