मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ट्रम्प प्रशासनद्वारा इरानको आणविक प्रतिबन्धलाई निरन्तरता

ट्रम्प प्रशासनद्वारा इरानको आणविक प्रतिबन्धलाई निरन्तरता


वासिङ्टन डीसी । अमेरिकी ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रममाथिका चार प्रतिबन्धलाई थप ६० दिनका लागि नवीकरण गर्ने घोषणा गरेको छ ।
 
स्थानीय समयअनुसार सोमबार भएको निर्णयमा तेहरानलाई आणविक हतियार निर्माण गर्न सहज नहोस् भन्ने उद्देश्यले प्रतिबन्धलाई थप लम्बाइएको उल्लेख छ ।
 
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गान अर्टागसद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“संयुक्त राज्य अमेरिकाले इरानमाथि आणविक हतियार निर्माण नियन्त्रणका लागि थप ६० दिन विभिन्न चार प्रकारका प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । हामीले इरानको आणविक कार्यक्रम विकासलाई निकटमा रहेर हेरेका छौँ । यो नियन्त्रण कुनै पनि समयमा थपघट हुनसक्छ ।” 
 
उनले भने, “प्रतिबन्ध इरानद्वारा आणविक कार्यक्रमलाई निरन्तरता दिएको आधारमा बढाइएको हो, ‘जुन अमेरिकाका लागि अस्वीकार्य’ छ ।
 
सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा विश्वका छ शक्तिराष्ट्रले इरानसँग गरेको सम्झौता अमेरिकाको हितमा नरहेको भन्दै सन् २०१८ को जुलाईमा वर्तमान् राष्ट्रपतिले यसबाट फिर्ता हुने घोषणा गरेका थिए । 
 
सम्झौताबाट फिर्ता भएपछि इरानलाई अर्को सम्झौता गर्न दबाब दिन ट्रम्प प्रशासनले इरानविरूद्ध पहिलेभन्दा थप कडा प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्धका कारण इरानको अर्थतन्त्रमा व्यापक असर परेको छ । 
 
इरानले आणविक हतियार निर्माण गर्न रोक्ने उद्देश्यले अमेरिकाले प्रतिबन्धलाई कडा पारेको भए पनि सम्झौताका अन्य हस्ताक्षरकर्ता मुलुक चीन, रूस, जर्मनी, फ्रान्स र बेलायतले सम्झौताबाट फिर्ता नहुन अमेरिकालाई गरेको आग्रहलाई अमेरिकाले एकपक्षीय रूपमा पेलेर अघि बढेको हो ।
 
इरानमाथि लगाइएका मुख्य चार प्रतिबन्धपछि अब इरानले अराक हेवी वाटर रिसर्च रियाक्टर, बुसेहर आणविक कार्यक्रम, तेहरान रिसर्च रियाक्टर र अन्य आणविक कार्यक्रमबाहेकका गैर–प्रचारात्मक कामहरू गर्न पाउनेछ । एएनआई
 
कोरोना भाइरसको विश्वव्यापी प्रकोपबाट इटालीमा ११ हजार ५९१, स्पेनमा ८ हजार १८९, अमेरिकामा ३ हजार १७५, फ्रान्समा ३ हजार २४ र इरानमा २ हजार ८९८ जनाको ज्यान गएको छ । चीनमा ३ हजार ३०५ ले ज्यान गुमाएका छन् । चीनले यस प्रकोपबाट त्राण पाउँदे गर्दा युरोप, अमेरिका, अफ्रिकालगायत एसियाली देशहरुमा भयावह रुपमा फैलिँदै गएको छ ।

शेयर गर्नुहोस:

0
Shares