अमेरिका – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या केही दिन यता एकाएक बृद्धि भई १ सय ३० पुगेको छ । जस मध्ये अधिकांश प्रभावित यात्रासंग सम्वन्धित छन् । यो संख्या निरन्तर बढ्दो क्रममा छ ।
संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवै वासिंटन राज्यका छन् । मृत्यु हुनेमा करिव ४० बर्ष देखि ८० बर्ष सम्मका छन् । चिकित्सकहरुले कोरोना भाइरसवा वच्न सतर्क हुन आग्रह गरेका छन् ।
शेयर र तेल बजारमा सुधार आएपनि अमेरिकामा कोरोना भाइरसका कारण थुप्रै कार्यक्रमहरु रद्द भएका छन् ।
अमेरिकाको केन्द्रिय बैंकले कोरोना भाइरसको प्रभाववाट अर्थतन्त्र प्रभावित हुन नदिन आकस्मिक रुपमा ब्याजदर कैटौती गरेको छ । यसले ऋण लिनेका लागि व्याजदर कम गर्ने छ ।
कोरोना भाइरस सवैभन्दा वढी क्यालिफिोर्निया र वासिंटन राज्यमा देखिएको छ । न्यूयोर्कमा कोरोना प्रभावितको संख्या ६ पुगेको छ ।
कोरोना भाइरस संक्रमितको संख्या वढ्ने क्रम देखिएपछि अमेरिकामा उच्च सावधानी अपनाईएको थियो । केही क्ष्ँेत्रमा आपतकालिन स्थित समेत घोषणा गरिएको छ । वासिंटन राज्यमा केही स्कुलहरु बन्द भएका छन् । कोरोना फैलिन नदिन वासिंटन प्रशासनले विभिन्न तयारी गरेको छ । कोरोना प्रभावित देशवाट अमेरिका आउनेलाई कडाई गरिएको छ ।
करिव दुई महिना अघि चीनमा कोरोना भाइरस देखिएको थियो । यसवाट चीन सवैभन्दा वढी प्रभावित भएको छ । पछिल्लो समयमा इटानी, दक्षिण कोरिया, इरान र अमेरिकामा यसका संक्रमितको संख्या उच्चदरले वढेको हो । करिव ९० हजार कोराना संक्रमित भएका छन् । जसमध्ये ३ हजार भन्दा वढीको मृत्यु भएको छ ।
कोरोना भाइरसको खोप तयार भएको दावी गरिएपनि यसको मानिसमा परिक्षण हुन बांकी छ ।
तस्बिर : सामाजिक संजाल







प्रतिक्रिया