मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १३० भन्दा वढी

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १३० भन्दा वढी


अमेरिका – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या केही दिन यता एकाएक बृद्धि भई १ सय ३० पुगेको छ । जस मध्ये अधिकांश प्रभावित यात्रासंग सम्वन्धित छन् । यो संख्या निरन्तर बढ्दो क्रममा छ ।
 
संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवै वासिंटन राज्यका छन् । मृत्यु हुनेमा करिव ४० बर्ष देखि ८० बर्ष सम्मका छन् । चिकित्सकहरुले कोरोना  भाइरसवा वच्न सतर्क हुन आग्रह गरेका छन्  ।
 
शेयर र तेल बजारमा सुधार आएपनि अमेरिकामा कोरोना भाइरसका कारण थुप्रै कार्यक्रमहरु रद्द भएका छन् ।
 
अमेरिकाको केन्द्रिय बैंकले कोरोना भाइरसको प्रभाववाट अर्थतन्त्र प्रभावित हुन नदिन आकस्मिक रुपमा ब्याजदर कैटौती गरेको छ । यसले ऋण लिनेका लागि व्याजदर कम गर्ने छ ।
 
कोरोना भाइरस सवैभन्दा वढी क्यालिफिोर्निया र वासिंटन राज्यमा देखिएको छ । न्यूयोर्कमा कोरोना प्रभावितको संख्या ६ पुगेको छ ।
 
कोरोना भाइरस संक्रमितको संख्या वढ्ने क्रम देखिएपछि अमेरिकामा उच्च सावधानी अपनाईएको थियो । केही क्ष्ँेत्रमा आपतकालिन स्थित समेत घोषणा गरिएको छ । वासिंटन राज्यमा केही स्कुलहरु बन्द भएका छन् । कोरोना फैलिन नदिन वासिंटन प्रशासनले विभिन्न तयारी गरेको छ । कोरोना प्रभावित देशवाट अमेरिका आउनेलाई कडाई गरिएको छ ।
 
करिव दुई महिना अघि चीनमा कोरोना भाइरस देखिएको थियो । यसवाट चीन सवैभन्दा वढी प्रभावित भएको छ । पछिल्लो समयमा इटानी, दक्षिण कोरिया, इरान र अमेरिकामा यसका संक्रमितको संख्या उच्चदरले वढेको हो । करिव ९० हजार कोराना संक्रमित भएका छन् । जसमध्ये ३ हजार भन्दा वढीको मृत्यु भएको छ ।
 
कोरोना भाइरसको खोप तयार भएको दावी गरिएपनि यसको मानिसमा परिक्षण हुन बांकी छ ।
 
तस्बिर : सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares