मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु

नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु


काठमाडौँ । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । 
 
आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण विश्वमा ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
 
नेपालमा पनि नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु हुने गरेको निर्देशनालयका निर्देशक बद्रीबहादुर खड्काले बताए । 
 
उनले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका जानकारी दिए । मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद आदि नसर्ने रोग हुन् । नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमा १८ प्रतिशत मानिसमा मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ । 
 
यसैगरी, पुरुषको तुलनामा बढी महिलामा चिन्ता र निराशा रहने, नेपालको प्रदेश नं ५ को पाल्पामा बढी मानिस कालाज्वरको समस्याबाट पीडित भएका, नेपालमा १२ हजार ३७५ ले विपदमा ज्यान गुमाएका, सो प्रदेशमा ५० प्रतिशत गर्भवतीले मात्र भिटामिन ‘ए’ खाएको र १३ प्रतिशतले रक्सीबाहेकका लागुपदार्थ सेवन गर्ने गरेका बताइएको छ । 
 

शेयर गर्नुहोस:

0
Shares