मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले संविधानको मर्मअनुसार काम गर्न सकेन : डा महत

सरकारले संविधानको मर्मअनुसार काम गर्न सकेन : डा महत


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताएका छन् । 
 
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले सरकारले जनतालाई राहत दिने काम गर्न नसकेको बताए । 
 
“चाडपर्वको समयमा सहुलियत दिनुपर्ने सरकारले महँगी बढाएको छ”, उनले भने । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई सरकारले पूरा गर्न नसकेको नेता महतको आरोप थियो ।
 
उनले दुई तिहाइको जनमत पाएको सरकारले जनतालाई सुशासन दिनुको सट्टा भष्ट्राचारमा लिप्त भएको उल्लेख गरे । 
 
सांसद मोहन आचार्यले सांस्कृतिक पर्वले भाइचाराको सम्बन्धलाई बलियो बनाउने बताए । कांग्रेस एकजुट भए आगामी उपनिर्वाचनमा सजिलै विजय हाँसिल गर्नसक्ने उनको भनाइ थियो ।
 
कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले सरकारले हरेक क्षेत्रमा कर बढाएर जनतालाई दुःख दिने काम गरेको आरोप लगाए ।
 
कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का सभापति भैरव सापकोटाले पार्टीभित्रको गुटउपगुट अन्त्य नभएसम्म कांग्रेस अगाडि बढ्न नसक्ने बताए । 

शेयर गर्नुहोस:

0
Shares