नवलपरासी । घरबाट काममा हिँडिरहेकी १९ वर्षीया एक युवती दुर्गा (नाम परिवर्तन) लाई भदौ २२ गते बिहान ९ बजेको समयमा नवलपरासीको सुस्ता गाउँपालिका ३ बाट जबर्जस्ती ३०० मिटर उखुबारीमा लगी सामूहिक बलात्कार गर्ने नौ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका वडा नं ३ फेनहरा बस्ने ४५ वषीय सुरेन्द्र यादव, सोही ठाउँका २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, ३७ वर्षीय भीमलाल मुसहर, २२ वर्षीय सन्दीप यादव, २२ वर्षीय राजु मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र सेखुवाना बस्ने १९ वर्षीय अमरनाथ भडिहार रहेका छन् ।
सामूहिक बलात्कार भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएका प्रहरी निरीक्षक प्रकाश श्रीमलको टोलीले सामूहिक करणी गर्ने समूहको पहिचान गरी बोर्डर नजिकका विभिन्न ठाउँमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव निरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
निजहरुलाई जर्बजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया