मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपहरणमा परेका खड्काको सकुशल उद्धार

अपहरणमा परेका खड्काको सकुशल उद्धार


गोरखा । इँट्टाको पैसा नतिरेको भन्दै अपहरणमा परेका गोरखा भीमसेन थापा गाउँपालिका–६  अश्राङका जीवन खड्कालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
 
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटको गरुडाबाट खड्काको उद्धार गरिएको गोरखाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।   
 
इँट्टा कारोवार गर्दा बक्यौता रहेकोे रु सात लाख नदिएको भन्दै रौतहटका व्यापारी राजीव पण्डित कुहारले उनलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेकोे एसपी अधिकारीले बताए । 
 
खड्कालाई बुधबार राति राजीवको घर नजिकैको गोठबाट प्रहरीले उद्धार गरी अपहरणमा सङ्लग्न कुहारलाई समेत नियन्त्रणमा लिएको रौतहटका प्रहरी नायव उपरीक्षक तुलसी अर्यालले जानकारी दिए ।
 
“घर नजिकै गोठ जस्तोमा कोठाभित्र खड्कालाई थुनेर बाहिरबाट चाबी लगाई बन्धक अवस्थामा राखिएको रहेछ”, एसपी अधिकारीले भने, “प्रहरीले खबर पाएलगत्तै पुगेर उद्धार गर्न सफल भयो ।” 
 
पक्राउ परेका कुहारविरुद्ध अपहरण र शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका खड्कालाई आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।