क्यालिफोर्निया (अमेरिका)- बुधबार डिस्ट्रिक कोर्ट, क्यालिफोर्निया लसएन्जल्समा “रामोस भर्सेस नेल्त्सीन" ल-स्युटको न्यायीक सुनुवाई सम्पन्न भएको छ । यो फैसलाले बर्षौंदेखि टीपीएस सुबिधा लिईरहेका नेपाल लगायत अन्य राष्ट्रका हजारौं मात्र होइन उनीहरुमा आश्रित लाखौं टीपीएस सुबिधा लिएका आप्रवासी र उनीहरूमा आश्रीत परिवारहरुको भबिश्य निर्धारण गर्ने छ ।
उक्त कोर्टमा भएको यो सुनुवाईमा नेपाल लगायत छ वटा देशहरुको सहभागिता रहेको थियो । नेपालबाट नेपालीहरुको प्रतिनिधित्व गर्दै केशब भट्टराई र साजन पाण्डे बादीको रुपमा प्रस्तुत भएको छ । प्रेस-मीट, एक्यबध्द्ता रर्यालिमा नेपाल लगायत छ वटा देशहरुको सामाजिक अभियान्तहरु र बिभिन्न मिडियाका संचारकर्मी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस सुनवाई पछि अब के हुन्छ भन्ने जिज्ञासाहरुको लागि अब हेर्नुहोस् हिमालयखबरका संवाददाता डोल्मा लामा र शंकर राज वाग्लेले तयार पारिएको भिडियो रिपोर्ट
प्रतिक्रिया