मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बालकको प्रयोग गरी चोरीका घटना बढ्यो

बालकको प्रयोग गरी चोरीका घटना बढ्यो


नेपालगन्ज । एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा हिजो राति कालु र दामु नामका बालकले चोरी गरेका थिए ।  
बाँकेको नेपालगञ्ज र बर्दियाको बजारमा हुने स–साना चोरीमा बालकको संलग्नता देखिएको प्रहरीले जनाएको छ । 
 
नेपालगञ्जका नौ वटा पसल र आसपासमा शृङ्खलाबद्ध चोरीमा संलग्न नेपालगञ्ज–२०स्थित मदनापुरका १५ वर्षीय कालु विक र १६ वर्षीय दामु शाही पक्राउ परेपछि  शृङ्खलाबद्ध चोरीमा संलग्न उनीहरू चोर्न सिकाउने गुरुसमेत रहेको रहस्य खुलेको छ । 
 
दामु पक्राउ परेको एक दिनपछि सोमबार राति कालु पनि पक्राउ परेका हुन् । चोरीका घटनामा प्रहरीको निगरानीमा रहेका कालु राति सुत्न आएका बेलामा पक्राउ परेका थिए । नौ वटा सटरमध्ये तीन वटाबाट रु एक लाख २० हजारका साथै  रु तीन हजार ५०० बराबरको रिचार्ज कार्ड पनि उनीहरूबाट बरामत गरिएको थियो । कालु यसअघि छ पटक  पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका इञ्चार्ज तथा प्रहरी निरीक्षक दीपक मल्लले बताए ।
 
“चोरीमा बालक पक्राउ पर्छन् । कम उमेर भन्दै छोडिन्छ तर फेरि चोरी गर्न पुग्छन, मल्लले भने, “उमेर कम छ । प्रहरीले छोडिहाल्छ भन्दै धेरैले चोरीलाई नै अँगालेको पाइयो ।” कालुको साथबाट रु १६ हजार र चोरी गरिएका कपडा बरामद गरिएको थियो । दामुको साथबाट पनि रू १६ हजार १५५ फेला परेको थियो । “विभिन्न नाममा चोरी गर्ने समूह नै परिचालन भएकाले सबैलाई खोजेर  बिस्तारै सबैलाई नियन्त्रणमा लिन्छौँ”, उनले भने । 
 
जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर वलीले दामु व्यावसायिक चोर भएको र उनले धेरै ठाउँ चोरी गरिएको भेटिनाका साथै  उनीहरूको समूहमा तालीमप्राप्त चोर रहेको  प्रमाण प्राप्त भएको बताए । चोरीमा बालकको विभिन्न समूह रहेको र टोलीनेताको थरअनुसार समूहको नामकरण गर्ने गरिएको रहेछ । प्रहरीले सबै बालकलाई नियन्त्रणमा लिएर सुधारगृहमा पठाउने तयारी गरेको छ ।
 
चोरीमा लागेका अधिकांश बालक बुबाआमा गुमाएका, बाबुआमा भएपनि विदेशमा रहेका र आमा अर्कैसँग विवाह गरी हिँडेको परिवारका छन् । 

शेयर गर्नुहोस:

0
Shares