विराटनगर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेत्रविक्रम चन्द समूहसँगले हतियार र आतङ्ककारी गतिविधि छोडेमा मात्र सरकारले वार्ता प्रक्रिया आगाडि बढाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले चन्द समूहसँग सरकारले औपचारिक रुपमा वार्ताको प्रक्रिया अगाडि नबढाएको जानकारी दिए ।
उपप्रधानमन्त्री पोखरेलले सरकारले संसद्मा मिडिया काउन्सिल, विभिन्न आयोगका विधेयक जवाफदेहीपूर्ण दर्ता गरेको बताउँदै यस सम्बन्धमा भएका त्रुटिका विषयमा त्यहीँ छलफल गरेर सच्याउनुपर्नेमा जोड दिए ।
उनले बाहिर हल्ला मच्चाएर विरोध गर्नु उचित नभएको धारणा व्यक्त गरे । नेकपाका स्थायी समिति सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले जिल्ला इन्चार्जहरु नियुक्तिमा कसैको पनि विरोध नरहेको बताउँदै पार्टी एकताको काम पनि सहमतिकै आधारमा हुने बताए ।
“जिल्ला इन्चार्ज, केन्द्रीय विभाग, जनसङ्गठन र केन्द्रीय आयोगका विषयमा समेत सहमति हुनेछ”, उनले २२ सङ्गठन फाँट र ३२ वटा आयोगमा जिल्लामा नसमेटिएका नेताहरुलाई जिम्मेवारी दिइने बताए ।
प्रतिक्रिया