मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मतपत्र प्रकरणमा दुई वर्षपछि फैसला, दुई आरोपीलाई जनही एक लाख जरिवाना

मतपत्र प्रकरणमा दुई वर्षपछि फैसला, दुई आरोपीलाई जनही एक लाख जरिवाना


चितवन । स्थानीय तहको चुनावका क्रममा भरतपुर महानगरको मतगणना भइरहेका बेला वडा नं १९ को मतगणना सकिनै लाग्दा मतपत्र च्यात्ने कार्यमा संलग्न माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई चितवन अदालतले एक÷एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । 
 
गत जेठ ३० गतेको इजलासले असार ५ गतेको लागि सजाय मिति तोकिए पनि न्यायाधीश बिदामा बस्दा मिति सरेको थियो । मुद्दा फैसला र सजाय निर्धारण भएपछि मतपत्र च्यातेको घटनाको अदालतबाट किनारा लागेको छ ।  
 
मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जबर्जस्ती गर्नेलाई एकलाख रुपैयाँ जरिवाना र दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेकोमा उनीहरुलाई एक÷एक लाख जरिवानामात्रै तोकिएको चितवन अदालतले जनाएको छ । 
 
भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जारी रहेको बेला माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वाेच्चसम्म पुगेको थियो । महानगरका २९ वडामध्ये २७ वटाको गणना सम्पन्न भएको अवस्थामा मतपत्र त्यातिएको थियो । 
 
वडा नं २० को मतगणना हुनै बाँकी थियो । १९ नं वडाको जम्मा मत २८९७ रहेकोमा गणना भइसकेको १८०९ मत र गणना हुन बाँकी ९९८ मतमध्ये क्षति भएको ९० मतपत्र थियो । 
 
०७४ जेठ १६ गते जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा पक्राउ गरेको दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार मुद्दा दर्ता गरिएको थियो । सोही दिन अदालतबाट ७ दिनको म्याद थप भएको थियो । 
 
घटनापछि मतगणना स्थल कभर्डहलको भवनको गेटमा निर्वाचन कार्यालय र मतगणनाको माग गर्दै आएको तत्कालीन नेकपा एमालेले छुट्टाछुट्टै ताला लगाएको थियो । ०७४ वैशाख ३१ भएको निर्वाचनअन्तर्गत जेठ १४ गते राति भरतपुर महानगरपालिका–१९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका भरतपुर महानगर ११ का वर्ष ४० का द्रोणबाबु सिवाकोटी र भरतपुर महानगर वडा नं १ का ३५ वर्षीय मधु न्यौपानेलाई दोषी ठहर गरेको थियो ।