बिश्व घटना

भर्जिनियाबीचको सिटी भवनमा गोली चल्दा १२ को मृत्यु

भर्जिनियाबीचको सिटी भवनमा गोली चल्दा १२ को मृत्यु


हिमालयखवर संवाददाता-
अमेरिका । अमेरिकाको भर्जिनियासिटी भवनमा (नगरपालिका भवन) एकजना सन्काहा कर्मचारीले जथाभावी गोली चलाउँदा १२  जनाको मृत्यु भएको छ । ६ जना घाइतेको अस्पतालमा उपचार भईरहेको सरकारी अधिकारीले वताएका छन् ।
 
भर्जिनिया सरकारका अनुसार गोली चलाउनेको प्रहरीसँगको गोली हानाहानमा मृत्यु भएको छ । प्रहरी प्रमुख जेम्स कारभेराले गोली चलाउने व्यक्ति सार्वजनिक उपभोगसँग सम्वन्धि कामदार रहेको जनाईएको छ ।
स्थानिय मेयर बबी डेयरले यो भर्जिनियाबीचका लागि सबैभन्दा ठुलो क्षतिको दिन भएको बताएका छन् ।
 
प्रहरीका अनुसार गोली चलाउने बन्दुकधारीले घटना घटनुभन्दा अघि केहीसँग विवाद गरेका थिए त्यस पछि उनले विभिन्न तलामा जाँदै जथाभावी बन्दुक चलाएका थिए । 
त्यसपछि प्रहरी र बन्दुकधारी बीच गोली हानाहान भएको थियो । 
 
गोली चलेपछि उक्त भवनमा जताततै चित्कार फैलिएको थियो । गोली चलेका बेला सर्वसाधारणको पनि उक्त भवनमा बाक्लो आउजाउ थियो । प्रहरीले त्यहाँ राइफल र पेस्तोल फेला पारेको छ । यो गोलीबारी यसको प्रयोग भएका बारेमा अनुसन्धान भईरहेको छ । 
 
उक्त बन्दुकधारीले कानुनतहनै बन्दुक किनेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भर्जिनियाबीचका उप मेयर जेम्स ऊडले सर्वसाधारणले त्यहां वन्दुक बोक्न पाउने सुविधा छ तर, स्कुल र अदालतमा भने लैजान पाउँदैनन।
 
यो गोलीबारी दुई नगरपालिकाको २ नम्बर भवनमा भएको प्रहरीले जनाएको छ । यसमा नगरपालिकाका धेरै विभागहरु थिए ।
 
अमेरिकाको संघीय जाँच ब्युरोलेपनि यो घटना प्रति चासो देखाउँदै स्थानीय अनुसन्धानमा सहयोग गर्ने जनाएको छ । अमेरिकामा बन्दुक किन्न सजिलै पाइने हुँदा यस्ता गोलीबारीका घटना बढीरहेका छन् । तस्बिर : सामाजिक संजाल