मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भर्जिनियाबीचको सिटी भवनमा गोली चल्दा १२ को मृत्यु

भर्जिनियाबीचको सिटी भवनमा गोली चल्दा १२ को मृत्यु


हिमालयखवर संवाददाता-
अमेरिका । अमेरिकाको भर्जिनियासिटी भवनमा (नगरपालिका भवन) एकजना सन्काहा कर्मचारीले जथाभावी गोली चलाउँदा १२  जनाको मृत्यु भएको छ । ६ जना घाइतेको अस्पतालमा उपचार भईरहेको सरकारी अधिकारीले वताएका छन् ।
 
भर्जिनिया सरकारका अनुसार गोली चलाउनेको प्रहरीसँगको गोली हानाहानमा मृत्यु भएको छ । प्रहरी प्रमुख जेम्स कारभेराले गोली चलाउने व्यक्ति सार्वजनिक उपभोगसँग सम्वन्धि कामदार रहेको जनाईएको छ ।
स्थानिय मेयर बबी डेयरले यो भर्जिनियाबीचका लागि सबैभन्दा ठुलो क्षतिको दिन भएको बताएका छन् ।
 
प्रहरीका अनुसार गोली चलाउने बन्दुकधारीले घटना घटनुभन्दा अघि केहीसँग विवाद गरेका थिए त्यस पछि उनले विभिन्न तलामा जाँदै जथाभावी बन्दुक चलाएका थिए । 
त्यसपछि प्रहरी र बन्दुकधारी बीच गोली हानाहान भएको थियो । 
 
गोली चलेपछि उक्त भवनमा जताततै चित्कार फैलिएको थियो । गोली चलेका बेला सर्वसाधारणको पनि उक्त भवनमा बाक्लो आउजाउ थियो । प्रहरीले त्यहाँ राइफल र पेस्तोल फेला पारेको छ । यो गोलीबारी यसको प्रयोग भएका बारेमा अनुसन्धान भईरहेको छ । 
 
उक्त बन्दुकधारीले कानुनतहनै बन्दुक किनेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भर्जिनियाबीचका उप मेयर जेम्स ऊडले सर्वसाधारणले त्यहां वन्दुक बोक्न पाउने सुविधा छ तर, स्कुल र अदालतमा भने लैजान पाउँदैनन।
 
यो गोलीबारी दुई नगरपालिकाको २ नम्बर भवनमा भएको प्रहरीले जनाएको छ । यसमा नगरपालिकाका धेरै विभागहरु थिए ।
 
अमेरिकाको संघीय जाँच ब्युरोलेपनि यो घटना प्रति चासो देखाउँदै स्थानीय अनुसन्धानमा सहयोग गर्ने जनाएको छ । अमेरिकामा बन्दुक किन्न सजिलै पाइने हुँदा यस्ता गोलीबारीका घटना बढीरहेका छन् । तस्बिर : सामाजिक संजाल