मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बुध्द जयन्तीमा ह्युस्टनमा साहित्यिक जमघट

बुध्द जयन्तीमा ह्युस्टनमा साहित्यिक जमघट


ह्युस्टन टेक्सस । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ह्युस्टनले साहित्यिक जमघट गरी बुध्द जयन्ती मनाएको छ | शहरको बीचमा रहेको सुन्दर शान्त अर्थर स्टोरी पार्कमा साहित्यिक ह्रदयहरु साँच्चै नै रमाएको भान हुन्थ्यो | 
 
अनेसास ह्युस्टनका अध्यक्ष कमल पन्थीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । पन्थीले अंगुलीमाल दैत्यको कथा भन्दै भगवान बुध्दको बारेमा प्रकाश पारेका थिए । संस्थाका उपाध्यक्ष बासु पौडेलले आफ्नो विपसना ध्यानको अनुभव बताए |  ध्यानले मानिसलाई शान्त र संयम हुन सिकाउने भन्दै व्यस्त जीवनमा ध्यानको महत्वबारे दर्शाए । 
 
समाजका उपाध्यक्ष सतिश त्रिपाठी, सल्लाहाकार राजेन्द्र श्रेष्ठ र सदस्य बिदुर दवाडीले बुध्द जीवनका केहि रोचक पक्षहरुको चर्चा गरेका थिए |   
 
कार्यक्रममा साहित्यकार बिटु केसीले मिठो गजल सुनाउनुका साथै आफ्नो कृति " मायाको मात " २० प्रति संस्थालाई हस्तान्तरण गरेकी थिइन | 
 
साना बालबालिकाको गीतले कार्यक्रमलाई थप रौनकता  प्रदान गरेको थियो ।
 
संस्थाका माहासचिव अमृत लामिछानेले बुध्दका रोचक प्रसंगहरु सहित कार्यक्रम संचालन गरेका थिए | 
 
सो अवसरमा विभिन्न व्यक्तिहरुले आआफ्नो मिठा मिठा रचना वाचन गरेका थिए | 
 
अन्तराष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टनको नव निर्वाचित कार्य समितिको यो पहिलो कार्यक्रम हो | 
 
सुरुवात प्रसंसनीय छ | साहित्यिक सदस्यहरुको यो कार्य समितिबाट धेरै अपेक्षा समेत गरिएको छ | 
 
आगामी दिनहरुमा विभिन्न अवसर पारेर संस्थाले  नेपाली कला , भाषा र साहित्यको विकासमा सक्दो टेवा पुर्याउंदै लैजाने अठोट गरेको छ | 
 

शेयर गर्नुहोस:

0
Shares