मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ढुङ्गाले हानेर विभत्स हत्या गरेको आरोपमा चार युवा पक्राउ

ढुङ्गाले हानेर विभत्स हत्या गरेको आरोपमा चार युवा पक्राउ


रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० स्थित सितलापुर जङ्गलमा एक युवकको हत्याको आरोपमा चार युवा पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बुटवलले जानकारी दिएको छ । 
 
कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीय चिरञ्जीवी आचार्यको गएको सोमबार ढुङ्गाले हानेर विभत्स हत्या भएको थियो । पक्राउ परेका सबै कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ६ निवासी हुन् ।
 
पक्राउ पर्नेमा ३३ वर्षीया रमेश विक, २८ वर्षीय गोपाल खनाल, २४ वर्षीय वसन्त खत्री र २० वर्षीय राजु विक छन् । पक्राउ परेकामध्ये रमेश हत्याको मुख्य योजनाकार रहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक  डिलबहादुर मल्लले जानकारी दिए ।
 
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार हत्यापछि आचार्यलाई उनकै मोटरसाइकलमा ल्याएर जङ्गलमा फ्याँकिएको थियो । मादक पदार्थ सेवन गरी झगडा गरेका उनीहरुले आचार्यसँग भएको रु १३ हजारको लोभमा हत्या गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । 
 
हत्या गरेर जङ्गलमा फ्याँकिएका आचार्यको सनाखत हुन पनि धेरै समय लागेको थियो । पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।

शेयर गर्नुहोस:

0
Shares