नेपाल

अध्यक्षका दुई उम्मेदवारद्वारा अर्का प्रत्याशी सुनिल शाहको उम्मेदवारी रद्द गर्न माग

अध्यक्षका दुई उम्मेदवारद्वारा अर्का प्रत्याशी सुनिल शाहको उम्मेदवारी रद्द गर्न माग


हिमालयखवर संवाददाता
अमेरिका- एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष पदका दुई जना उम्मेदवारले आफ्ना प्रत्यासी सुनिल शाहको उम्मेदवारी रद्द गर्न माग गरेका छन ।
 
क्षेत्रिय संयोजक गौरीराज जोशीलाई अध्यक्ष पदका उम्मेदवार सुर्य लम्साल र संजय थापाले संयुक्त रुपमा हस्ताक्षर गरी पठाएको पत्रमा सुनिलले आचार संहिता विपरित उम्मेदवारी दिएको र नैतिकताका आधारमा उम्मेदवारी रद्द गर्नु पर्ने उल्लेख छ ।
 
एनआरएनए अमेरिकाको वेभसाइट बनाउन आफ्नै निकट कम्पनी उपयोग गरेको हुदां सुनिल उम्मेदवारीका लागि अयोग्य भएको दावी उनीहरुको छ ।
 
पत्रसाथ यसको प्रमाण सहितको विवरण पनि संगै राखिएको छ । क्षेत्रिय संयोजकलाई पठाईएको पत्रमा एनआरएनए एनसीसी सदश्यता छानविन समितिमा रहेका र अहिले आईसीसी सदश्यका लागि उम्मेदवारी दिएका रामकुमार सुवेदीको पनि उम्मेदवारी रद्द गर्न भनिएको छ ।
 
एनआरएन अमेरिकाका उपाध्यक्ष सुवेदी पुन उम्मेदवारी नहुने सर्तमा सदश्यता भेरिफिकेसन कमिटीमा वसेका थिए ।
 
एनआरएनए अमेरिकाको निर्वाचन १८ र १९ का लागि तोकिएको छ । यसका लागि २०० भन्दा वढी उम्मेदवार छन् । एनआरएनए अमेरिकामा ९ हजार भन्दा वढी सदश्य छन् ।
 
लम्साल, थापाले उक्त पत्रको बोधार्थ निर्वाचन समितिका प्रमुख विश्वनाथ बराल, उपक्ष्ँेत्रिय संयोजक नविन शेरचन, एनआरएनए एनसीसी अमेरिका अध्यक्ष डा केशव पौडेल, महासचिव डा बद्री केसी र एनआरएनए भवन भट्टलाई पनि दिईएको छ ।
 
यो पत्रको विषयमा क्षेत्रिय संयोजक जोशीले अमेरिकामा रहेका आईसीसी सदश्य, केन्द्रिय सल्लाहकार लगायतसंग छलफल गर्न बुधवार सांझ वैठक बोलाएका छन्