मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कुनै गरिबले मागेको देखे मलाई फोन गर्नुस् : प्रधानमन्त्री

कुनै गरिबले मागेको देखे मलाई फोन गर्नुस् : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नेपालमा कोही पनि नेपाली दुःखी हुन नपर्ने बताएका छन् । उनले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने दाबी गरे । 
 
राष्ट्रिय योजना आयोगको  पूर्ण बैठकको अध्यक्षता ग्रहण गर्दै ओलीले गरिब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले अब कसैले पनि चिन्ता लिन नपर्ने जिकिर गरे । 
 
उनले आगामी पन्ध्रौँ  योजनाको अवधिमा निरपेक्ष गरिबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने दाबीसमेत गरे । 
 
उनले भने, ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ अगाडि बढिसकेका छौँ । हामीले पछाडि फर्केर हेर्न पर्दैन । त्यसैले अब कोही पनि भोका रहने छैनन् ।’ 
 
केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नसमेत आग्रह गरे । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिने उनको भनाइ थियो । 
 
सरकारले निरपेक्ष गरिबी प्रतिशत घटाउन ठूलो आकांक्षाका साथ उथलपुथल ल्याउने काम गरेको दाबी गर्दै उनले सबै निकाय र क्षेत्रलाई सोहीअनुरुप गति दिन जोड दिए । 
 
उनले भने, ‘हामी फरक ढंगबाट सामाजिक प्रबन्ध गरिरहेका छौँ । समाज स्वतन्त्र छ तर यहाँ मर्ने स्वतन्त्रता छैन । अब हामी दोहोरो अंकमा आर्थिक वृद्धिदर गराउने छौँ ।’
 
हरेक क्षेत्र र भूगोललाई उत्पादनमुखी र व्यावसायिक बनाउँदै नेपाललाई स्वाधीन र समृद्ध बनाइने भन्दै उनले कोशी नदीमा सरर जलविहार गर्न थालेपछि मानिसको मस्तिष्कमा झट्का लाग्न सुरु गरेको बताए । 
 
आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले समृद्धिको आकांक्षा र अपेक्षाका साथ पन्ध्रौँ योजना अघि सारिएको बताए । 

शेयर गर्नुहोस:

0
Shares