मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस कमजोर प्रतिपक्ष होइन : सभापति देउवा

कांग्रेस कमजोर प्रतिपक्ष होइन : सभापति देउवा


चन्द्रगढी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस कमजोर प्रतिपक्ष नभएको जिकिर गरेका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरे पनि कहिल्यै कमजोर नभएको उनको दाबी छ । 
 
झापाको चन्द्रगढी विमानस्थलमा सोमबार पत्रकारसँगको कुराकानीमा सभापति देउवाले कांग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै कांग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए । उनले भने, “कांग्रेसको प्रतिपक्षी भूमिकामा कहिल्यै कमजोर छैन ।”
 
कांग्रेस पार्टी गुटको रोगले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी छ । 
 
प्रजातान्त्रिक पार्टीमा फरक विचार आउनु स्वाभाविक रहेको उल्लेख गर्दै उनले भने, “यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झूटमात्र हो ।” 
 
उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनको भनाइ थियो । 
 

शेयर गर्नुहोस:

0
Shares