काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवप्रसाद गुरुङले नेपालको वर्तमान संविधानमा दलमाथिको प्रतिबन्धको कुनै व्यवस्था नभएकाले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध नलगाएको बताएका छन् ।
रिपोटर्स क्लबमा आज आयोजित साक्षात्कारमा नेता गुरुङले भने, “सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छैन, उसको गैरकानूनी काम नियन्त्रण गर्न उसको गतिविधिमाथि मात्र प्रतिबन्ध लगाएको हो ।”
उनले सरकारले अझै पनि चन्दसँगको वार्ताको ढोका खुल्ला राखेको बताए ।” नेता गुरुङले समृद्ध मुुलुक बनाउने सरकारको अभियान सन्तोषजनक रहेको बताउँदै सरकार राज्यको संरचना बनाएर अघि बढिरहेको बताए । उनले संसदमा विचाराधीन नागरिकता विधेयकको सम्बन्धमा सबै पक्षसँग छलफल गरेर देशको हित अनुकूल परिमार्जन गर्न सकिने बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले देशलाई आर्थिक बोझ दिएको र विखण्डनको बाटोमा अघि बढेकाले सङ्घीयता खारेज गर्नुको विकल्प नरहेको बताए ।
उनले विदेशी नागरिकलाई नागरिकता दिने कुरा साधारण विषय नभएको भन्दै नेपाली नागरिकलाई नै अल्पमतमा पार्ने भएकाले यो विधेयक खारेज गर्नुपर्नेमा जोड दिए ।






प्रतिक्रिया