मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आँधी पीडितका नाममा सहयोग दुरुपयोगको खतरा

आँधी पीडितका नाममा सहयोग दुरुपयोगको खतरा


न्यूयोक (अमेरिका) – आइतबार राती बारा र पर्सामा गएको आँधी पीडितका लागि भन्दै अमेरिकामा भटाभट चन्दा संकलन सुरु भएको छ । यसरी संकलन हुने चन्दा दुरुपयोगको संभावना बढेको छ ।
 
अमेरिकामा रहेका केही नेपाली व्यक्ति तथा संस्थाहरुले आँधी पीडितका लागि भन्दै कतिपय ठाउँमा फेसबुक मार्फत त धेरैले गोफण्ड खोलेर चन्दा संकलनलाई तीब्र बनाएका छन् । अमेरिकामा आइतबार दिउँसैदेखि यसरी चन्दा संकलन तीब्र भएको छ । अहिलेसम्म अाँधी पीडितका लागि भन्दै अाधा दर्जन गोफण्ड खाता सामाजीक सञ्जालहरूमा देखिएका छन् । 
 
दर्ता समेत नभएका संस्थाका नाममा गोफण्ड खाता खोलेर चन्दा संकलन थालिएको छ । झण्डै चार वर्ष अघि नेपालमा गएको भुकम्पको समयमा मनलाग्दी रुपमा संकलन गरिएका चन्दा रकम दुरुपयोग भएका थिए । त्यतिखेरको हिसाब किताब अहिलेसम्म पारदर्शी भएको छैन । 
 
त्यतिखेर व्यक्ति तथा संस्थाहरुले मनलाग्दी रुपमा गोफण्ड खाता खोलेका थिए । भुकम्प पीडितसम्म त्यसरी संकलन भएको रकम पुगेन । 
 
अहिले फेरि गोफण्ड खोलेर केही व्यक्ति तथा दर्ता नभएका संस्थाका पदाधिकारीहरु चन्दा माग्नका लागि फोनबाट तथा सामाजीक सञ्जालबाट आग्रह गरिरहेका छन् । त्यस्ता व्यक्तिहरु तथा संस्थाले आँधी पीडितलाई भन्दै चन्दा उठाएर यही खाने मेलो गरिरहेको गुनासो हिमालयखबरलाई प्राप्त भएको छ ।
 
चन्दा दिँदा संस्था अमेरिकामा दर्ता भएको हो या होइन ? कस्ता व्यक्तिहरुको संलग्नतामा गोफण्ड खोलेर सहयोग मागिएको छ ? भन्ने जस्ता कुराहरुलाई मिहिन रुपमा अध्ययन गर्न समेत सामाजीक कार्यकर्ताहरुले सुझाव दिएका छन् । समाजमा नैतिकताहिन भनेर चिनिएका व्यक्तिहरु अहिले आँधीपीडितका नाममा गोफण्ड खोलेर सहयोगका लागि हात पसारिरहेका छन् ।
 
आर्थिक रुपमा इमान्दार र आधिकारिक संस्थाले खोलेको गोफण्डमा मात्र सहयोग गर्न समाजसेवीहरुले सुझाव दिएका छन् । 
 
आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३२ पुगिसकेको छ । सातसय भन्दा बढी घाइते छन् ।
 
हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले  कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।
 
 

शेयर गर्नुहोस:

0
Shares